छानिँदै ‘मिस्टर टिन नेपाल’

शुक्रबार, २४ भदौ २०७३, ०९ : ४० शुक्रवार , Kathmandu
छानिँदै ‘मिस्टर टिन नेपाल’

‘मिस्टर टिन नेपाल २०१६’को अन्तिम प्रतिस्पर्धा भदौ २५ गने हुने भएको छ । त्रिपुरेश्वरस्थित ब्लुवर्डको मुड्सको सभाकक्षमा अन्तिम प्रतिस्पर्धा हुने आयोजक रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।
दुई हजारभन्दा बढी युवालाई पछि पार्दै २० प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गर्नेछन् । अन्तिम स्पर्धाका लागि यी प्रतियोगीहरूले व्यक्तित्व विकास, रन वे मोडलिङ, सेल्फ ड्रेसअप, फोटोसुट, सेलिब्रिटी गेस्ट क्लास, पब्लिक स्पिकिङलगायत विषयमा प्रशिक्षण लिएको पनि अध्यक्ष लामिछानेले बताइन् । ‘कार्यक्रममा प्रतियोगीले शीर्ष उपाधिसहित १२ विभिन्न उप–विधामा पनि पुरस्कार प्राप्त गर्नेछन्,’ लामिछानेले भनिन् ।

Leave A Comment