नेफ्टा अवार्ड दुबईमा हुने

शुक्रबार, २४ भदौ २०७३, ०९ : ४१ शुक्रवार , Kathmandu
नेफ्टा अवार्ड दुबईमा हुने

चलचित्र प्राविधिक संघले गर्दै आएको नेफ्टा अवार्डको नवौँ संस्करण दुबईमा हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमबीच अवार्डबारे औपचारिक जानकारी दिइएको हो ।
अवार्डको मिति पुस ८ गतेलाई तय भएको छ । गत संस्करणहरूमा ३४ विधामा अवार्ड बाँडेको नेफ्टाले यसपल्ट केही विधालाई हटाएर २८ विधामा झारेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा बोर्ड अध्यक्ष राजकुमार राई, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, नीर शाह लगायतले अवार्ड निष्पक्ष होस् भन्दै शुभकामना मन्तव्य राखेका थिए । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र स्तरोन्नतिमा अवार्डले भूमिका खेल्ने नेफ्टाका अध्यक्ष पुष्कर लामाले बताए । नेफ्टाले यसअघि मलेसिया, हङकङ र कतारमा अवार्ड गरिसकेको छ ।

 

Leave A Comment