स्वस्थ रहने तीन तरिका

शुक्रबार, २४ भदौ २०७३, ०९ : ४४ शुक्रवार , Kathmandu
स्वस्थ रहने तीन तरिका

खाना
–प्रशस्त मात्रामा तरकारी र फलफूल खाने ।
–खाना खाँदा पाँचदेखि छ घण्टाको फरक राख्ने । यसरी अन्तराल राखेर खाँदा शरीरको समग्र पाचन प्रणालीको शुद्धीकरण हुन्छ ।
–राति अबेर खाना नखाने । खाना खाएको तीन घण्टापछि मात्रै सुत्ने । खाना खानेबित्तिकै सुतेमा विभिन्न रोगले सताउन सक्छ ।
–राति खाना खाएपछि २० देखि ३० मिनेटसम्म हल्का हिँड्डुल गर्ने । यसो गर्दा खाना सजिलै पच्छ ।

व्यायाम
–हरेक मानिसले दिनहुँ व्यायाम गर्नुपर्छ ।
–व्यायाम गर्दा मेरुदण्ड चारै दिशामा घुमोस् भन्नेमा ध्यान दिनुपर्छ । ––व्यायामले हामीलाई विभिन्न रोगबाट बचाउन मद्दत गर्छ ।

आराम
–वयस्क व्यक्तिले दिनमा छदेखि सात घण्टासम्म सुत्नुपर्छ ।
–दिनमा भरसक सुत्न हुँदैन ।
–निद्रा मात्रै आराम होइन भन्ने कुराको ख्याल राख्नुपर्छ । एकान्त र स्वच्छ वातावरणमा त्यसै बसेर पनि सहजता र आनन्द महसुस गर्न सकिन्छ ।
–यसले शरीरसँगै मनलाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

 

Leave A Comment