‘डायरी’ बनाउँदै ‘डल्ली’

आइतबार, २६ भदौ २०७३, १० : ०४ शुक्रवार , Kathmandu
‘डायरी’ बनाउँदै ‘डल्ली’

फिल्म ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिका निर्वाह गरेर चर्चा कमाएकी अभिनेत्री छुल्ठिम गुरुङ दर्शकमाझ फेरि देखिने भएकी छिन् । दुई वर्षपछि आफ्नै फिल्ममार्फत उनी कमब्याक हुँदै छिन् । उनको निर्माण र अभिनय रहने फिल्मको नाम हो ‘डायरी’ । ‘नोभेम्बर रेन’पछि उनले फिल्म नखेल्ने बताएकी थिइन् । ‘म फिल्म खेल्ने मुडमा थिएन । शुभेच्छुकले प्रेरणा दिएपछि आफैँ बनाएर खेल्ने निधोँ गरे,’ उनले भनेकी छिन् । उनको ‘डायरी’मा अभिनेत्री रेखा थापा नकारात्मक भूमिकामा देखिने छिन् । मंगलवार राजधानीमा एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको यो फिल्मको निर्देशन अनिल योञ्जनले गर्ने भएका छन् । फिल्ममा सन्नी सिंह, रूपा राणा, विनोद पौडेल, दिनेश डिसीलगायत कलाकारको पनि अभिनय रहनेछ । छेतेन गुरुङको कथा रहेको फिल्म भाद्र २६ बाट सुरु हुने छुल्ठिमले बताएकी छिन् । ‘‘मैले मेरो ‘डल्ली’को पहिचानलाई भुलाएर ‘डायरी’को ‘जोया’ चिनाउनु छ । तर, दर्शकले डल्लीलाई भुल्न चाहिँ नभुलुन्,’ छुल्ठिमले भनिन् ।

 

Leave A Comment