करेला किन खाने ?

आइतबार, २६ भदौ २०७३, ११ : ११ शुक्रवार , Kathmandu
करेला किन खाने ?

–करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलेट, जिंक, फस्फोरस, आइरन, फाइबर, क्यालोरी, क्यारोटिन, क्याल्सियम र पोटासिम पाइन्छन्, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
–करेलामा इन्सुलन पाइन्छ ।  करेलाबाट डायबेटिजका रोगीलाई लाभ मिल्छ ।
–आन्द्रामा ग्यास उत्पन्न हुने समस्या भएकाहरूका लागि पनि करेला गुणकारी छ ।
–शरीरभित्र हुर्किने विभिन्न कीटाणुलाई करेला खाएर सफाया गर्न सकिन्छ ।
–करेला खानाले शरीरमा रहेको अनावश्यक बोसो कम हुन्छ । जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, रक्तसंचार पनि राम्ररी हुन्छ ।

–करेला खाने गर्नाले क्यान्सर लाग्ने जोखिम कम हुन्छ । साथै, ल्युकेमिया र रगतसम्बन्धी रक्तअल्पताजस्ता समस्या लाग्ने जोखिम पनि कम हुन्छ ।

कसले खानु हुँदैन ?
–रक्तचाप कम हुनेले नियमित खानु हुँदैन ।
–डायबेटिजको औषधि खानेले पनि नियमित खानु हुँदैन ।
–गर्भवती महिलाले बढी मात्रामा करेला अथवा यसको जुस खानु हुँदैन ।

 

Leave A Comment