कपाल बलियो बनाउन के खाने ?

सोमबार, २७ भदौ २०७३, १० : ११ शुक्रवार , Kathmandu
कपाल बलियो बनाउन के खाने ?

भिटामिन ‘ए’
भिटामिन एले शरीरमा सिबम नाम गरेको तŒव सिर्जना गर्छ । जसले कपालमा तैलीय पदार्थ उत्पन्न गराइ यसलाई बलियो बनाउँछ । तैलीय पदार्थ कम भएमा कपाल चिलाउने, सुखा हुनेलगायत भई झर्ने गर्छ । त्यसैले कपाल बलियो बनाउन फलफूल, हरिया सागपात, गाजर, पाकेको फर्सी, सखरखण्डजस्ता भिटामिन ए प्रशस्त भएका खानेकुरा खानुपर्छ ।

भिटामिन ‘सी’
भिटामिन सीले कपालको जरालाई बलियो बनाउँछ । भिटामिन सीले शरीरभित्र आइरनको मात्रालाई पनि बढाउँछ । जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । कपाल बलियो पार्न चाहनेले अमला र भिटामिन सी पाइने अन्य खानामा जोड दिनुपर्छ ।

भिटामिन ‘डी’
भिटामिन डीको अभावका कारण कपाल झर्ने समस्या उत्पन्न नभए पनि कपाललाई बलियो र आकर्षक बनाउन भिटामिन डी आवश्यक पर्छ । किनकि, यसले शरीरमा खनिजहरूको सन्तुलन कायम राख्न मद्दत गर्छ । कपाल बलियो बनाउन चाहनेहरूले चिज, अण्डाको पहेँलो भाग, खसीको कलेजो, दूधका परिकारजस्ता भिटामिन डी युक्त खानेकुरा खानुपर्छ । साथै, बिहानको घाममा ज्यान र कपाललाई पनि सेक्ने गर्नुपर्छ ।

भिटामिन ‘ई’
घामले कपाललाई सुक्खा बनाइ कमजोर पार्छ । घामको किरणबाट कपाललाई जोगाउन भिटामिन ईयुक्त खानेकुरा खानुपर्छ । भिटामिन ईले घामका खराब किरणबाट कपाललाई जोगाउँछ ।
 
बायोटिन

शरीरमा बायोटिनको मात्रा कम हुनेहरूको कपाल पनि झर्ने गरेको पाइएको छ । त्यही भएर कपाल बलियो पार्न अण्डाको पहेँलो भाग, भटमासको पीठोका परिकारजस्ता बायोटिन पाइने खाना खाने गर्नुपर्छ ।

फ्याट्टी एसिड
फ्याट्टी एसिडले कपालको जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, न्युट्रिला, तोफुलगायत खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ ।
 
जिंक

जिंकयुक्त खानेकुरा खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हर्मोनको मात्रा सन्तुलनमा रहन्छ । टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ । जसले गर्दा टाउको र कपाल स्वास्थ्य हुन जान्छ । फर्सीको बियाँ, हाडेबदाम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ ।
 
प्रोटिन
शरीरमा प्रोटिनको अभाव भएमा कपाल कमजोर हुनुका साथै फुल्ने पनि गर्छ । खानामा दही, अण्डाको पहेँलो भाग, हाडेबदाम, राजमा, मटरकोसा, मुसुरो दाल, तोफु, कुखुराको मासुजस्ता प्रोटिनयुक्त खाना खाँदा कपाल झर्न रोकिनुका साथै थप कपाल पलाउँछ ।
आइरन
आइरनयुक्त खानेकुरा खाँदा टाउकोको कोषिकामा रगत, अक्सिजन, पोषक तŒव आदिको आपूर्ति बढेर जान्छ । जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । हरियो सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ ।
म्याग्नेसियम
शरीरमा म्याग्नेसियमको मात्रा घट्यो भने कपाल अत्यधिक मात्रामा खस्ने गर्छ । हाडेबदाम, मुसुरो दाल, उसिना चामलको भात, ओखर, कोषे तरकारी, एभोकाडो, केराजस्ता म्याग्नेसियमयुक्त खाना दिनहँु खाने गर्नुपर्छ ।

Leave A Comment