यामाहाको दसैँ अफर

सोमबार, २७ भदौ २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
यामाहाको दसैँ अफर

दसैँ तथा तिहारलाई लक्षित गर्दै यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘टेक्नो ट्रिप टू टोकियो’ अफर सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत हरेक हप्ता यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने एकजना ग्राहकले जापान भ्रमणको अवसर पाउने कम्पनीले बताएको छ  । उक्त अफरमा हरेक ग्राहकले सीधै आठ हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले बताएको छ ।
यामाहाले अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै आएको जनाएको छ । हरेक साता हुने लकी ड्रका विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउने कम्पनीको भनाइ छ ।
एमएडब्लुले भर्खरैमात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर नेपालमा सार्वजनिक गरेको थियो । यस बाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजीलगायत दुई पांग्रे साधन उपलब्ध रहेको बताएको छ । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर ३को बिक्रीलाई पनि तीव्र पार्ने विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment