पहिरन नयाँ कि सुहाउँदो ?

बिहिबार, ३० भदौ २०७३, १२ : ०१ शुक्रवार , Kathmandu
पहिरन नयाँ कि सुहाउँदो ?

अभिनेत्री प्रियंका कार्की नेपालमा चलेकाभन्दा केही फरक खालको पहिरनमा देखिन रुचाउँछिन् । केही समय अमेरिका बसेकी उनी विशेष गरी हलिउड अभिनेत्री र मोडलका फेसनलाई अपनाउन खोज्छिन् । यसबाट उनलाई नाफाघाटा दुइटै भइरहेको छ । कहिलेकाहीँ त्यही फेसनका कारण फोटो पत्रकारका लेन्समा पर्छिन् भने कहिले त्यही फेसनले धोका दिएर ‘मालफंक्सन’को शिकार हुन्छिन् । फरक पहिरन लगाउने क्रमको निरन्तरता भर्खरै फिल्म ‘६क्का पञ्जा’को एक कार्यक्रममा पनि देखियो । उनले नीलो वानपिसमा फिका नीलो जिन्सको ठाउँठाउँमा च्यातिएको ग्रन्ज ज्याकेट भिरेकी थिइन् । लवाइ आम स्टाइलभन्दा फरक भए पनि धेरैले ‘नसुहाएको’ बताए । प्रियंकाले पनि त्यो महसुस गरेकै हुनुपर्छ । बाँकी त उनकै स्वतन्त्रता हो, पहिरन नयाँ लगाउने कि सुहाउने ?

 

Leave A Comment