टिनएजरका बोली

शुक्रबार, ३१ भदौ २०७३, १२ : २० सृजना खड्का , Kathmandu
टिनएजरका बोली

‘आजभोलि म छोराले बोलेकै पटक्कै बुझ्दिनँ, के–के भन्छ के–के । कहिले गिदी नगर्नुस् न बा भन्छ । कहिले कति ल्याङ हानेको भन्छ !’
भक्तपुुर, झौखेलका राजेन्द्र न्यौपानेले गुुनासो पोखे । हाल कक्षा १२ मा पढ्ने उनका छोरा रविनले प्लस टू पढ्न सुुरु गरेदेखि नै यस्ता भाषाको प्रयोग गर्दै आएको उनले बताए । ‘कहाँबाट सिकेर आउँछन् यस्ता भाषा ? एकदिन त अत्ति भएर एक थप्पड लगाइदिएको थिएँ । त्यहाँदेखि त्यस्ता शबद अलि कम बोल्न थालेको छ,’ उनले भने । प्रविधिको विकास र साथीसंगतले गर्दा केटाकेटीले अनेकथरीका भाषा सिकेर आफ्नो मौलिकता बिर्संदै गएको उनको धारणा छ ।
वास्तवमा आजकालका टिनएजरले बोल्ने भाषा प्रायः सामान्य मानिसले बुुझ्दैबुुझ्दैनन् । उनीहरूले माया दर्शाउन र आक्रोश पोख्न विभिन्न शब्द प्रयोग गर्ने गरेका छन् । जब आधुनिकताले फड्को मार्छ, त्यसको प्रभाव युुवाहरूले प्रयोग गर्ने भाषामा देखापर्न थाल्छ । अहिलेका धेरै टिनएजरले आफूले बोल्ने गरेको ‘स्ल्याङ वर्ड’मा गर्व गर्न थालेका छन् ।
भक्तपुुर च्याम्हासिंहको बागेश्वरी कलेजमा कक्षा १२ मा अध्ययनरत अनिल खत्री भन्छन्, ‘कसैले सिकाउनै पर्दैन । धेरै शब्दहरू हामी आफैँले बनाउँछौँ । साथीहरूसँग धेरै समय बिताउने भएकाले होला जे मनमा आउँछ त्यही बोलिन्छ, साथीहरू जे भने नि रिसाउँदैनन् । कहिलेकाहीँ साथीसँग बोल्ने शब्द घरमा चिप्लिदा भने फसाद पर्छ ।’
साइको, छकुरी, पोजे, छम्मा, गिदी, तोरी, ¥याक, चो¥या खन्ती, मामा, डण्ठे, गे, माने, बन्ठे, खलास, ल्याङल्याङ, ठिस, मुला,  मासको दाल, डल्ली, पुड्की, बामे, पासा, बेबी, यार, जिग्री, गोलमोल, दोस्त, खडुस, च्याँसी, दाउरी, चतुर, डार्लु, डार्लिङ, स्पेन्स्टर, जिप्पी, मोटु, काले, डल्ले फर्सी, डन्डा, बन्दर, डन, मिसकट, चञ्चली, तोरी लाहुुरे, पाखे, गम, काँठे, मट्याङजस्ता शब्दहरू आफूहरूले प्रयोग गर्दै आएको अनिलले बताए । साथीसाथीबीच र ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डबीच धेरैजसो यस्ता शब्दहरू प्रयोग गरिने उनको भनाइ छ । एकअर्कालाई जिस्क्याउन र आफ्नो भाषा अरूले नबुुझोस् भन्नका लागि आफूहरूले यस्ता शब्दको प्रयोग गर्ने पनि अनिलले बताए ।
सामाजिक सञ्जालमा समेत यस्ता ‘स्ल्याङ वर्ड’ भेटिन थालेका छन् । आच्ची÷आच्या, बाल, भेजा, चार सो बीस, बोका, सडकछाप, मामाघर, सन्की, बंकी, गफाडी, हात्ती, गैडा, गधा, झकास, पंगु, गिल्ला, ढेवा, गिद्ध, ¥याग, सोलिड, बिन्दास, पासा, झारपात, च्वाँक, गोथे, रद्दी, फोक्कड, झोले, बिल्लाजस्ता शब्द सामाजिक सञ्जालमा अत्यधिक प्रयोग भएका छन् ।

 

Leave A Comment