अलि जमेन

शनिबार, ०१ असोज २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
अलि जमेन

गायिका निशा सुनारले अमेरिकाबाट फर्केपछि ‘टोल टोलमा हल्ला छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिन् । भिडियोमा उनले आफ्नो देहको भरपूर प्रदर्शन गरेकी छिन् । स्विमिङ कस्ट्युममा देखिएकी छिन् उनी । यसअघि पनि उनले यस्ता पहिरन लगाएर चर्चा कमाएकी थिइन् । तर, यसपल्ट भने उनको अपेक्षा पूरा हुने सम्भावना न्यून छ । किनभने, म्युजिक भिडियोमा ‘जवानी’ प्रदर्शन गर्दा जवानी नै घर्किंदै गएको संकेत देखिएका छन् । पेटमा लागेको बोसोले उनलाई अब ज्यान देखाउनभन्दा छोप्न लाग्नुपर्ने दर्शाएको छ । युट्युबमै कतिले कमेन्ट गरेका छन्, ‘यो उमेरमा अलि सुहाएन’ भन्दै । 

Leave A Comment