‘डान्स प्लस’ को फाइनलमा सुशान्त

आइतबार, ०२ असोज २०७३, १० : २० शुक्रवार , Kathmandu
‘डान्स प्लस’ को फाइनलमा सुशान्त

भारतीय टेलिभिजन च्यानल ‘स्टार प्लस’बाट प्रसारण हुने लोकप्रिय रियालिटी सो ‘डान्स प्लस’को दोस्रो सिजनमा नेपालका सुशान्त खत्री टप थ्रीमा पुग्न सफल भएका छन् । फाइनलिस्टहरूलाई भोट माग्न र प्रचार गर्नका लागि आ–आफ्नो घर पठाउने कार्यक्रमअन्तर्गत उनी बुधवार साँझ नेपाल आइपुगेका छन् ।
प्रतियोगिताका मुख्य निर्णायक तथा चर्चित कोरियोग्राफर रेमोले सुशान्तलाई बलियो दाबेदारका रूपमा हेरेका छन् । उनको प्रस्तुतिपछि रेमोले स्टेजमै पुगेर उनीसँग अँगालो मारेका थिए । नेपालबाट सुशान्तबारे बुबाले बोलेको भिडियो प्ले गर्दा उनी स्टेजमै रोएका थिए ।

Leave A Comment