दमका रोगीको भोजन

आइतबार, ०२ असोज २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
दमका रोगीको भोजन

–दमका रोगीले भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ । भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ । यसले फोक्सोलाई बलियो बनाउने र श्वाससम्बन्धी समस्या कम गर्ने गर्छ । भिटामिन–सीका लागि कागती, सुन्तला, टुसा उमारेको आहारलगायत खाने गर्नुपर्छ ।
–दमका रोगीले गाढा रङका फलफूल बढी खाने गर्नुपर्छ । गाजर, रातो र पहेँलो खुर्सानी, भेँडेखुर्सानी, पालकजस्ता गाढा रङका तरकारीमा बिटा–क्यारोटिन नामक तŒव पाइन्छ । साथै, यस्ता तरकारीमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यी दुई तŒव दमका रोगीका लागि लाभदायक हुन्छन् ।
–दमका रोगीले भिटामिन–ईयुक्त खाना भरसक नखानु राम्रो । सबैखालका खाने तेलमा भिटामिन–ई पाइने भएकाले तरकारी पकाउँदा तेल सकेसम्म कम हाल्नुपर्छ । सूर्यमुखीको तेलमा भिटामिन–ई कम पाइने भएकाले सकेसम्म यही तेल खानु राम्रो ।
–भिटामिन–बी दमका रोगीका निम्ति लाभदायक हुन्छ । हरियो सागसब्जी र दालमा भिटामिन–बी बढी पाइन्छ ।
–काँचो अथवा रातो प्याज दुवै दमका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छ । प्याजमा सल्फर नामक तŒव पाइन्छ, जसले दमका कारण हुने जलनलाई कम गरिदिन्छ र बिरामीलाई आराम दिन्छ । यसबाहेक श्वाससम्बन्धी हरेक समस्या भएकाहरूका लागि प्याज लाभदायक हुन्छ ।
–ओमेगा–३ फ्याटी एसिडले फोक्सोमा हुने जलनलाई कम गर्छ । त्यही भएर दमको समस्या भएकाले सलमन प्रजातिका माछा बढी खानुपर्छ । सलमन माछा पाइँदैन भने त्यस्तो माछा छान्नुपर्छ, जसमा तेलको मात्रा अधिक होस् । माछामा पाइने तेलले शरीरलाई निकै लाभ पु¥याउँछ । यो जनावरको मासुमा पाइने बोसोजस्तो हानिकारक हुँदैन ।
–मसलायुक्त खानाबाट दमका रोगी भरसक टाढै रहनुपर्छ । मसलायुक्त खानाले मुख, घाँटी र फोक्सोका कोशिका उत्तेजित हुन पुग्छन् । जसले दमको रोगीलाई दुःख दिन सक्छ ।
–दुग्ध परिकार सानैदेखि मनग्य खानेलाई दमको रोग लाग्ने जोखिम कम हुन्छ । दम भइसकेकाले पनि दुग्ध परिकार खानमा जोड दिनुपर्छ ।
–दमले गाह्रो पारेमा कफी पिउनाले राहत मिल्छ । कफीले श्वासप्रश्वासलाई सुचारु राख्छ । तर, बढी मात्रामा भने कफी पिउनु हुँदैन ।

 

Leave A Comment