‘ह्यापी डेज’मा दयाहाङ र प्रियंका

सोमबार, ०३ असोज २०७३, १२ : ३२ शुक्रवार , Kathmandu
‘ह्यापी डेज’मा दयाहाङ र प्रियंका

फिल्म ‘वीर विक्रम’को व्यावसायिक सफलतापछि निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘ह्यापी डेज’को घोषणा गरेका छन् ।  सोमवार राजधानीमा आयोजित फिल्म घोषणा कार्यक्रममा उनले ‘वीर विक्रम’का अभिनेता दयाहाङ राईलाई नै ‘ह्यापी डेज’मा दो¥याउने जानकारी गराए । दयाहाङसँगै फिल्ममा अभिनेत्री प्रियंका कार्की र संजय गुप्ता पनि प्रमुख भूमिकामा रहनेछन् ।
पैसा कमाउन बेलायत पुगेका युवाहरूको कथा फिल्ममा रहने कार्यक्रममा बताइयो  । फिल्म आगामी महिनादेखि फ्लोरमा जाने निर्देशक चाम्सले बताए । ‘वीर विक्रम’ का लेखक याम थापाको पटकथा फिल्ममा रहनेछ भने संगीत ताराप्रकाश लिम्बूको हुनेछ । सम्राट बस्नेतको द्वन्द्व र रामकुमार केसी तथा कलिन पिककको छायांकन रहनेछ ।

Leave A Comment