पिस्ताका फाइदा

सोमबार, ०३ असोज २०७३, ०१ : १२ शुक्रवार , Kathmandu
पिस्ताका फाइदा

–कोलेस्ट्रोलको समस्या भएकाले पिस्ता खानु लाभदायक हुन्छ । पिस्ता खानाले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घट्छ र राम्रो कोलेस्ट्रोलको मात्रा बढ्छ । त्यही भएर पिस्ता खानेलाई मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ ।
–पिस्तामा फस्फोरस पाइन्छ, जसले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्छ ।
–पिस्तामा सोडियमको मात्रा कम र पोटासियमको मात्रा अधिक हुने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न यसले मद्दत गर्छ । तर, पिस्तामा नुनिलो पदार्थ पाइने भएकाले उच्च रक्तचाप भएकाहरूले कम खानुपर्छ ।
–पिस्तामा पाइने ल्युटिन र जाक्सान्थिन नामक एन्टिअक्सिडेन्टले आँखाको क्षमता बढाउँछ ।
–पिस्तामा प्रशस्त मात्रामा भिटामिन–बी ६ पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
–पिस्ता खानाले पाचन शक्ति बलियो हुन्छ ।
–शरीर सुनिने समस्या छ भने पिस्ता खानाले कम हुन्छ । यसमा पाइने भिटामिन ए र ईले शरीर सुनिन दिँदैन ।
–छालालाई स्वस्थ राख्न पिस्ता खानुपर्छ । यसमा पाइने भिटामिन–ई छालाको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
–पिस्तामा पाइने फ्याटी एसिडले कपाल बलियो बनाउँछ र कपालसम्बन्धी सबैखाले समस्या कम गर्न मद्दत गर्छ ।
–पिस्तामा फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा यो खानाले शरीर बढ्दैन । फाइबरयुक्त खाद्य डायबेटिजका रोगीका निम्ति निकै लाभदायक हुन्छ ।
–पिस्ता प्रोटिनको उत्तम स्रोत हो । हाडेबदम, काजु, ओखरभन्दा यसमा बढी प्रोटिन पाइन्छ ।
–पिस्ता खाँदा यसमा पाइने क्यारेटोनइड्स, बीटा–क्यारोटिन, ल्युटेनजस्ता एन्टिअक्सिडेन्ट तŒवले क्यान्सर लाग्ने जोखिम कम गरिदिन्छ ।
–पिस्तामा पाइने भिटामिन–बी ६ले शरीरको समग्र स्नायु प्रणालीलाई स्वस्थ अवस्थामा राख्न मद्दत गर्छ ।

 

Leave A Comment