‘मिस टिन’मा १६ प्रतियोगी

सोमबार, ०३ असोज २०७३, ०१ : २२ शुक्रवार , Kathmandu
‘मिस टिन’मा १६ प्रतियोगी

यल इभेन्टस् सोलुसनको आयोजनामा भइरहेको ‘मिस टिन नेसनल २०१६’ को अन्तिम प्रतिस्पर्धामा १६ किशोरीले उपाधिका लागि भिड्ने भएका छन् । केही हप्तादेखि नियमित प्रशिक्षणमा व्यस्त मञ्जु गुरुङ, सिर्जना पाण्डे, एलिजा श्रेष्ठ, इनु थापामगर, सिन्थिया श्रेष्ठ, लाक्पा शेर्पा, शोभना श्रेष्ठ, ज्योति थापा, मन्दिरा केसी छानिएका छन् । त्यस्तै इशानी कार्की, अस्मिता डंगोल, शर्मिला खड्का, मीना शाह, सिमरन पन्थ, श्वेता बरमु, दीपा बोगटी, मिनी तामाङ पनि फाइनल भिडन्तका लागि योग्य ठहरिएका छन् ।
कोरियोग्राफर अश्विनी झाले उनीहरूलाई विभिन्न प्रशिक्षण दिइरहेको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन् । उनका अनुसार ‘मिस टिन नेसनल’को फाइनल आगामी असोज ८ गते राजधानीको नाचघरमा हुनेछ ।

 

Leave A Comment