बिहेको हल्लाले सधैँ फिल्म चल्छ र ?

बुधबार, ०५ असोज २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
बिहेको हल्लाले सधैँ फिल्म चल्छ र ?

तपाईंले याद गर्नुभएको छ ? आफूले निर्माण गर्ने फिल्म रिलिज हुनुअघि निर्माता छविराज ओझाले सधैँ एउटै फर्मुला अपनाउँछन्– आफ्नो हिरोइनसँग अफेयरको हल्ला चलाउने । यसअघि उनले बनाएका दुई फिल्म ‘लज्जा’ र ‘हवल्दार सुन्तली’का बेला उनले अभिनेत्री शिल्पा पोखरेलसँग बिहे गर्ने हल्लासम्म चलाए । फिल्म ‘लोफर’को रिलिजताका अभिनेत्री रजनी केसीसँग समेत उनको नाम जोडियो । अहिले उनको फिल्म ‘किस्मत–२’ प्रदर्शनको तयारीमा छ । र, उनले शिल्पासँगको बिहेको हल्ला चलाइसकेका छन् । कुनै बेला छविराजले मिडियासँग ‘शिल्पाले स्विकारेमा हामफालेर जान्छु’ भन्ने खालको अभिव्यक्ति दिँदा ‘आफूले ढोको थुनेर रोएको’ बताउने उनको भनाइ पनि नयाँ फिल्म रिलिज हुन लाग्दा फेरिँदै छ । भन्दै छिन्, ‘हामीबीच उमेर ग्याप त हुन्छ । तर, मायामा अन्डरस्ट्यान्डिङ भयो भने केही फरक पर्दैन ।’ छविराजका पछिल्ला फिल्मले गतिलो समीक्षा नपाए पनि यस्तै फन्डाका कारण चर्चामा भने रहे । उनका बारे अहिले फिल्म वृत्तमा भन्न थालिएको छ– ‘बिहेको हल्ला चलाउँदैमा सधैँ फिल्म चल्छ र ?’

Leave A Comment