‘देउडै प्यारो’

बुधबार, ०५ असोज २०७३, ११ : ५० पुष्पराज जोशी , Kathmandu
‘देउडै प्यारो’


उद्धवराज भट्टराई, विद्यार्थी नेता, अनेरास्ववियु क्रान्तिकारी

सञ्चै हुनुहुन्छ ?
अँ, ठीकै छु ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
अहिले हाम्रो संगठनको प्रादेशिक भेलाको तयारीमा छु ।

राजनीतिमा किन आउनुभयो ?
हामीजस्ता हजारौँ युवा राजनीतिमा लागेर मात्रै समृद्ध नेपालको सपनालाई साकार बनाउन सकिन्छ भन्ने उद्देश्यसहित राजनीतिमा लागियो ।  

गीतसंगीत कत्तिको सुनिन्छ ?  
गीतसंगीतमा मेरो रुचि छ । प्रायः गीत सुन्ने गर्छु । सुदूरपश्चिमका देउडा गीत बढी सुन्छु र हेर्छु पनि । मलाई देउडै प्यारो लाग्छ ।

फिल्म कत्तिको हेर्नुहुन्छ ?
हलमा गएर फिल्म नहेरेको धेरै भयो । तर, घरमै साँझबिहान टेलिभिजनमा हेर्ने गर्छु ।

पछिल्लो पटक हेरिएको फिल्म ?
‘गोर्खा पल्टन’ ।

सबैभन्दा मन परेको फिल्म कुन हो ?
हिन्दी फिल्म ‘सोले’ धेरै मन परेको फिल्म हो ।

गायक/गायिका कुन मन पर्छ ?
सुदूरपश्चिमका देउडा गायक महेश आउजी र अन्जु पन्त मन पर्ने गायकगायिका हुन् ।

किताबहरू कत्तिको पढ्नुहुन्छ ?
पढ्छु । फुर्सदै पाउनबित्तिकै किताब पढ्न थाल्छु ।

कस्ता खालका पुस्तक मन पर्छन् ?
राजनीतिक, साहित्यिक र अनुसन्धानात्मक पुस्तक बढी मन पर्छन् ।

मन पर्ने नेता ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

विवाह कस्तो हो ?
प्रगतिशील (जनवादी) विवाह हो ।

मोबाइल कुन बोक्नु भएको छ ?
सामसुङ ।

फोन कत्तिको आउँछन् ?
बिहानदेखि बेलुकीसम्म फोन आएकोआयै हुन्छन् ।

                           

 

Leave A Comment