मन दुख्यो ऋचाको

बिहिबार, ०६ असोज २०७३, ०४ : ५६ शुक्रवार , Kathmandu
मन दुख्यो ऋचाको

अभिनेत्री ऋचा शर्माले फरक खालका भूमिकामा अभिनय गरेर चर्चा कमाइरहेकी छिन् । फिल्म ‘टलक जंग भर्सेस टुल्के’ मा गाउँले युवती देखिएर होस् वा ‘को आफ्नो’मा वृद्ध महिलाको भूमिका सकारेर उनले आफूलाई अभिनेत्रीका रूपमा प्रस्तुत गरिरहेकी छिन् । भर्खरै छायांकन सकिएको ‘लुट–२’मा समेत अभिनय गरेकी उनको ‘हिरोइन’ भनिदिँदा चाहिँ मन दुख्ने रहेछ । उनको तर्क छ, ‘यदि फिल्ममा असल पात्र र मुख्य भूमिकामा महिला छिन् भजे उनी हिरोइन होइन, हिरो हुन् ।’ समाजमा राम्रो   काम गर्ने महिलालाई हिरोइन नभनिने उदाहरण प्रस्तुत गर्दै भनिन्, ‘अनुराधा कोइराला, सुनिता दनुवार सीएनएन हिरोइन त भए त ? हिरो नै भए नि ।’ त्यसैले उनको विचारमा पुरुष अभिनेतालाई हिरो भनिन्छ भने महिलालाई पनि हिरो नै भन्नुपर्छ ।

Leave A Comment