साथीका लागि एक वर्ष

शुक्रबार, ०७ असोज २०७३, १२ : २९ शुक्रवार , Kathmandu
साथीका लागि एक वर्ष

रेखा थापा पछिल्लो समय अरूका फिल्ममा कम देखिन्छिन् । बरु, आफैँ वर्षमा एउटा फिल्म बनाउँछिन् । तर, यो वर्ष त्यो क्रम भंग हुन सक्ने देखिएको छ । अर्थात्, उनको फिल्म बनाउने सम्भावना कम छ । किनकि, साथीकै फिल्ममा अभिनय गर्दा ठिक्क भएकी छिन् । निर्मात्री कृषा चौलागाईं पुरानो साथी भएका कारण उनको फिल्म ‘पलाँस’मा रेखाले अभिनय गरिन् । जुन रिलिज हुने क्रममा छ । त्यसपछि उनैले हिरोका रूपमा डेब्यु गराएका सविन श्रेष्ठले फिल्म निर्माण थाले । अभिनयका लागि आफ्नी ‘गडमदर’लाई अफर गरे । उनले ‘नाइँ’ भन्न सकिनन् र फिल्म ‘हिरो रिटन्र्स’मा काम गरिन् । अहिले उनी फिल्म ‘डायरी’को सुटिङमा छिन् । त्यो पनि उनकै साथी छुल्ठिम गुरुङले निर्माण गरेको भएर सकारिन् । जहाँ रेखा नकारात्मक भूमिकामा देखिने बताइएको छ । आफूले पनि फिल्मको तयारी गरेको तर पर धकेलिँदै गएको बताउँदै भनिन्, ‘यो वर्ष साथीका खातिर गयो । माघसम्म आफ्नो फिल्मबारे सोच्न पाइन्छ कि ?’

 

 

Leave A Comment