गुणकारी अमला

शुक्रबार, ०७ असोज २०७३, ०१ : १४ शुक्रवार , Kathmandu
गुणकारी अमला

अमलालाई जुनसुकै स्वरूपमा खाए पनि यसबाट मिल्ने लाभमा रक्तिभर पनि कमी आउँदैन । ताजा अमला, अमलाको क्यान्डी,  चूर्ण, अचार आदि । जुनसुकै स्वरूपमा ढाले पनि अमलाले आफ्नो गुण छोड्दैन ।
–बेसारको धुलोसँग अमला खाएमा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ । जुन डायबेटिजका बिरामीका लागि लाभदायक हो ।
–सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खानाले पायल्सका रोगीलाई फाइदा पुग्छ ।
–नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाइ टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।
–मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीनवटा अमला खाने गर्नुपर्छ । दिनहँु अमला खाने गरेमा मुटुरोगको जोखिम कम भएर जान्छ ।
–रुघाखोकी लागेमा दिनमा तीनवटा अमला गाईको दूधसँग खाने गर्नुपर्छ । कडा खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाए राहत पाउन सकिन्छ ।
–अमलाको रसमा मह मिसाएर खानाले पिसाब पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।  
–पथरी भएकाले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाएमा राहत मिल्छ ।
–कपाल झर्ने समस्या भएकाहरूका लागि अमलाको सेवन लाभदायक छ । अमलामा पाइने भिटामिन–सीले कपाल बलियो बनाइ झर्नबाट जोगाउँछ । साथै, कपाल चम्किलो बनाउन पनि अमलाले मद्दत गर्छ ।

 

Leave A Comment