–समीरबाबुु कट्टेल
सजिलै हातमुुख जोड्ने र जिन्दगीलाई अलिकति सुविधाजनक बनाउने सपना बोकेर रोजगारीका लागि विदेशिने नेपालीको संख्या बढिरहेको छ । सरकारी तथ्यांकअनुुसार ४० लाखभन्दा बढी नेपाली काम खोज्दै विदेशिएका छन् । दैनिक तीन हजारको हाराहारीमा नेपाली कामदार विमानस्थलबाट उडिरहेका छन् ।
तर, सरकार यसैमा गर्व गर्छ, छाती फुुलाउँछ । सायद सरकारलाई सीपविहीन नेपालीहरूले गर्ने ज्याला मजदुुरीप्रति सन्तोष छ । रोजगारीका अवसर सिर्जना गर्ने भन्दै झ्याली पिट्ने राजनीतिक दलहरूका निम्ति त्यो केवल चुनावी एजेन्डा र तिकडम भएको छ ।
वैदेशिक रोजगारीलाई विषय बनाएर लेख्नेहरूको होड चलिरहेका बेला मीनराज वसन्त उपन्यास ‘मुुदिर’ लिएर आएका छन् । रोजगारीकै सिलसिलामा लेखक स्वयं कतार बसेकाले उनका कतिपय पात्रहरू दुुरुस्तै लाग्छन् । अथवा, यसो भनौँ– आफैँले भोगेको जिन्दगीको एउटा हिस्सालाई उनले ‘अथेन्टिसिटी’का साथ वर्णन गरेका छन् । घटनावलीहरू सजिव लाग्छन् । कतिपय ठाउँमा उनी भावुुक हुुन्छन् । कतै कल्पनामा डुबुल्की मार्छन् ।
उपन्यासमा पात्र डम्बरका माध्यमबाट यथार्थ अघि सार्न खोजिएको छ । डम्बरले काठमाडौँमा बेरोजगार भएर वर्षौं भौँतारिदाको कथा छ । घरबेटी साहूले छद्मभेषीका रूपमा ठगेको व्यथा छ । गाउँले साहूबाट भएको ठगी मर्मस्पर्शी छ । विदेशी भूमिमा मालिक र तिनका कारिन्दाबाट पेलिएको प्रसंग हृदयविदारक छ । महिनौँसम्म पारिश्रमिक नपाएर भोकभोकै हुुनुु पर्दाको पीडाले पाठकको मन कँुुडिन्छ । विदेशमा कार्यरत नेपाली समेतका लागि न्यायको पहल गर्न बसेको दूतावासले गर्ने व्यवहारले जो कसैको मन छुुन्छ, चह¥याउँछ ।
किताबमा उल्लिखित डम्बर र उसका साथीहरू विदेशी भूमिमा भोकभोकै हिँडेको प्रसंगले जो कसैको मन छुुन्छ । विदेशमा पैसा फल्छ भन्ने मानसिकता पालेर घरै बसी पैसा उडाउनेहरूले पढ्नैपर्ने उपन्यास हो, ‘मुदिर’ ।
उपन्यासको एउटा प्रसंगमा डम्बर सम्झन्छ, ‘नमाज ए मगरीब हुुनुुभन्दा पहिले मस्जिदमा निःशुल्क खाना बाँडिदो रहेछ । थानुु, डिलुु र म मस्जिदमा टन्न खान पाइन्छ भनेर नजिकका मस्जिदमा चहार्दै पुुग्थ्यौँ । पाँचजना बराबर एउटा समूह हुँदो रहेछ खान बस्ने । एउटा ठूलो पातको थाली राखिदिन्थे मस्जिदमा खाना बाँड्नेले । जसमा तीनजना त हामी नै हुुन्थ्यौँ । बाँकी दुुईजना जो पनि पर्न सक्थे । सुुडानी, मिस्री वा अन्य । एउटै थालीमा पाँचजनाले खान घिन लाग्थ्यो आफूलाई । यसरी रमजानभरि मस्जिद पुुगेर खाना खाइयो ।’ यो प्रसंगले पाठकका आँखा रसाउँछन् ।
मेनपावरमा पस्दादेखि ठगिएको नेपाली कामदार कार्यस्थलमा पनि कसरी ठगिन्छ भन्ने कुुरा देखाइएको छ । अनेकन सपना देखेर पुुगेको व्यक्ति जस्तोसुुकै काम गर्न पनि बाध्य हुुनुुपर्ने प्रसंगले मन छुुन्छ ।
विदेश गएर ५० डिग्री सेन्टिग्रेडको रापमा पसिना बगाउनेका व्यथा बुुझाउँछ ‘मुदिर’ले । विदेश जाने सपना बोकेकाहरू, विदेशमा घोटिइरहेकालाई यसले सम्बोधन गर्छ ।
उपन्यासमा पैसा शब्द धेरै पटक दोहोरिएको छ । यसकै वरिपरि कथा घुुमिरहेको हुुन्छ । काठमाडौँको बेरोजगारीको पीडा होस् या अरबमा पसिना बगाउँदा, कुुरो पैसामै केन्द्रित छ । सायद यो गरिबीको नतिजा होला ।
उपन्यास पढ्दा लाग्छ– लेखकले वैदेशिक रोजगारीका दुुःख देखे, पिडा झेले, क्रन्दन उतारे । उनले हातमा सीप बोकेर जानेहरूका प्रगति देखेनन् । केही कमाएर ल्याई स्वदेशमै व्यवसाय गरिरहेकाहरूका कथा देखेनन् । रेमिट्यान्सकै माध्यमबाट पारिवारिक अवस्था सुुध्रिएका, सामाजिक अवस्था फेरिएको प्रति उनको ध्यान गएन । उनी कमजोरीहरू मात्र देखाउँछन् । सुुधारका लागि सुुझाउँदैनन् । स्वदेशी सम्भावनाहरूलाई केलाउँदैनन् । रेमिट्यान्सको सही उपयोग नभएको लेख्दैनन् ।
किताब विषयवस्तुुका हिसाबले अब्बल छ । भाषा सजिलो छैन । कतिपय वाक्यहरू अति छोटा भइदिनाले अर्थ बोक्दैनन् । यसले कथालाई एकै गतिमा बग्न सहयोग गर्दैन । राई र अरबी भाषाका शब्दको अत्यधिक प्रयोगले उपन्यासलाई उच्चाटिलो पनि बनाएको छ । कुुनै विशेष प्रसंगमा स्थानीयता झल्काउँदा त्यो पठनीय बन्ने हो हो । तर, उपन्यासमा त्यस्तो छैन । जस्तो, यहाँ व्यावसायिक बहुुतले भवनका फलामे गेट र साना आवासीय घरका ढोका दुुवैलाई लाप्चो भनिएको छ । त्यति सुुहाएन ।
किताबको उत्तराद्र्धमा दिइएको शब्दार्थ तालिका पनि पछ्याउन सकिने देखिएन । शब्दको हिज्जेमा एकरूपता छैन । उपन्यासको शीर्षक रहेको ‘मुुदिर’ शब्दले पनि पाठकलाई न्याय गरेको देखिँदैन ।
समकालीन समस्यालाई अघि सारेर लेखिनु नै उपन्यासको शक्ति हो । मीनराजले आफ्नो पहिलो उपन्यासमार्फत प्रशस्त सम्भावना देखाएका छन् ।
Leave A Comment