अश्लेसाको आगमन

आइतबार, ०९ असोज २०७३, १२ : ४२ शुक्रवार , Kathmandu
अश्लेसाको आगमन

नेपाली फिल्ममा अहिले नयाँ हिरोइनको खोजी अत्यधिक भइरहेको छ । पुरानाभन्दा नयाँ अनुहार रहेका फिल्मले बाजी मार्न थालेपछि निर्मातामा यस्तो प्रवृत्ति देखिएको छ । यो क्रममा अघिल्लो वर्ष केही राम्रा अभिनेत्री पनि भित्रिएका थिए । यो वर्ष बन्ने फिल्म ‘प्रेम–२’मा पनि आशालाग्दी अभिनेत्रीका रूपमा अश्लेसा ठकुरीको आगमन पक्का भएको छ ।  सुदूरपश्चिमकी ठकुरीलाई आसुसेन फिल्मले मुख्य कलाकारका रूपमा अनुबन्ध गरेको छ । चर्चित रंगकर्मी सुनिल पोखरेलसँग अभिनय सिकेकी छिन् उनले । रंगकर्मबाट आएका कलाकारले फिल्ममा राम्रो छाप छाडिरहेका बेला उनको आगमनलाई अपेक्षित मानिएको छ । 

Leave A Comment