गुलाबी ओठका लागि

आइतबार, ०९ असोज २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
गुलाबी ओठका लागि

सुन्दर र राम्रा ओठका लागि महिलाहरू के–के गर्दैनन् ? लिपस्टिक, लिपबाम, लिपग्लसलगायत थुप्रै शृंगार सामग्री प्रयोग गर्छन् । तर, कतिपय रसायनयुक्त कस्मेटिकले तपाईंको ओठलाई राम्रो बनाउनुको साटो बिगार्ने काम गर्छन् । केही घरेलु र प्राकृतिक उपाय अपनाएर ओठलाई कोमल र गुलाबी बनाउन सकिन्छ ।

दूधको तर
ओठ सुक्खा छन् भने अलिकति तरमा बेसार मिसाएर नियमित रूपमा बिस्तारै मालिस गरियो भने ओठ कोमल र गुलाबी हुन्छन् ।

गुलाब पत्र
ओठको कालोपना हटाउन सबैभन्दा राम्रो उपाय गुलाबका पत्र हुन् । नियमित यसको प्रयोगले ओठको रङ पनि गुलाबी र चमकदार बन्दै जान्छ । गुलाबको पत्र पिसेर त्यसमा अलिकति ग्लिसरिन मिसाएर राति सुत्नुअघि लगाउने र बिहान धुने ।

कागती
ओठको कालोपना कागतीले पनि हटाउन सकिन्छ । कागती निचोरेर बिहान र बेलुका ओठमा लगाउने ।

केसर
काँचो दूधमा केसर पिसेर ओठमा लगाउने । यसको प्रयोगले ओठको कालोपना जानुका साथै ओठ आकर्षक बन्छन् ।

मह
महको प्रयोगले केही दिनमा नै तपाईंका ओठ चम्किला र कोमल बन्नेछन् । त्यसका लागि अलिकति मह औँलामा लिने र ओठमा दल्ने ।

अण्डाको पहेँलो भाग
स्वास्थ्यका लागि मात्र नभई अण्डा महिलाको सुन्दरताका लागि पनि सहयोगी छ । अण्डाको पहेँलो भागको लेप लगाउनाले ओठको लालिमा कायम रहन्छ ।

जैतुन तेल
यदि ओठ फाटेका छन् र काला पनि छन् भने जैतुनको तेल र भेसलिन मिलाएर दिनमा तीन वा चार पटक ओठमा दल्नाले फाइदा हुन्छ । चारपाँच दिनसम्म नियमित यो लेप लगाइयो भने फाटेका ओठ भरिन थाल्छन् र ओठ गुलाबी हुन थाल्छन् ।

चुकन्दर
चुकन्दरले शरीरमा रगत बढाउँछ । तर, ओठका लागि पनि यो त्यति नै लाभकारी छ । चुकन्दरलाई काटेर त्यसको टुक्रालाई ओठमा दल्ने । यसो गर्दा ओठ गुलाबी र चम्किला बन्छन् ।

 

Leave A Comment