आफू बदलिएर अरूलाई बदल्दै

सोमबार, २४ जेठ २०७३, ०२ : ३७ शुक्रवार
आफू बदलिएर अरूलाई बदल्दै

काठमाडौँ, रानीबारीका विश्वराज उप्रेती सानैदेखि पढाइमा तगडा थिए । रक्सी खाएर झगडा गर्ने बुबाका कारण उनी तनावमा परे । १२ वर्षकै उमेरमा चुरोट तान्न थाले । बिस्तारै लागुऔषध दुव्र्यसनी भए । चुरोट, रक्सी, गाँजा, चरेस, इन्जेक्सन हुँदै उनी ब्राउन सुगरसम्म पुगे । लैनचौरको कान्ति विद्यालयमा ७ कक्षा पढिरहेका उनले पढाइ नै छाडिदिए ।


दुव्र्यसनकै बीच २७ वर्षको उमेरमा उनले विवाह गरे । श्रीमतीसँग झगडा पर्न थाल्यो । केही समयमै ‘डिभोर्स’ पनि भयो । यसपछि उनी दुव्र्यसनबाट मुक्त हुने उपाय खोज्न थाले । काठमाडौँ, रविभवनमा रहेको संगत पुनःस्थापना केन्द्रबाट दुव्र्यसनमुक्त भए । त्यसपछि उनी दुव्र्यसनी पुनःस्थापनाकै क्षेत्रमा कर्मचारीका रूपमा काम गर्न थाले । पछिल्लो समय उनी ‘द रिकभरिङ ग्रुप’ अन्तर्गत रहेर दुई वर्षदेखि नेपालगञ्जमा काम गर्दै छन् । आफूजस्तै कुलतमा फसेका साथीहरूलाई नयाँ जीवन दिन प्रयत्न गर्दै छन् । र, अहिले विवाह पनि गरेका छन् । ‘जीवन पूरा सामान्य भइसक्यो,’ उनी परिवारमा खुशी फर्केकोमा गद्गद् छन्, ‘मैले कल्पना पनि नगरेको नयाँ जीवन पाएको छु ।’


बेलैमा जीवन बुझ्नेहरू
ललितपुरका विकास जिसीले ९ कक्षामै पढ्दा चुरोट सिके । गाँजा सिके । त्यसपछि ‘ट्याब्लेट’तिर लागे । कुलतमा लागेपछि जिसी ९ कक्षामा फेल भए । ‘त्यतिबेलासम्म म लागुऔषध सेवनमा पोख्त भैसकेको थिएँ,’ उनी विगत सम्झन्छन्, ‘त्यसपछि पढाइ नै त्यागेँ ।’


दिनदिनै दुव्र्यसनको जालोमा नराम्ररी जकडिन थाले । ‘क्रोनिक’ नै बने । ‘माल’ जुटाउन आफैँ लागुऔषधको कारोबारसमेत गर्न थाले । त्यही बेला वीरगञ्जमा पक्राउ परे । २० ग्राम ब्राउनसुगरसहित समातिएका उनी छ महिना जेल बसे । उनको यो क्रम त्यसपछि पनि कायम रह्यो । तीन पटकसम्म गरेर दुई वर्ष नख्खु जेलमा बिताए । उनलाई ११ वटा सार्वजनिक केस लागे । धरौटी बुझाउँदै परिवारको लाखौँ झ्वाम परिसकेको थियो । करिब १० वर्ष उनले कडा खाले लागुऔषधको सेवनकर्ता भएर बिताए । अत्यधिक सुई रोपेर नसामा सुई रोप्ने ठाउँ नै रहेन ।


‘आमा पनि बिरामी हुनुभयो, आफ्नै साथीभाइले खूब सम्झाए,’ त्यसपछि उनको जीवनले अर्के मोड लियो, ‘रिह्याव सेन्टर गएँ । कैयौँ पटक त्यहाँबाट पनि भागेँ । तर, अन्तिममा जीवन बुझेँ । आफूले आफैँलाई परिवर्तन हुन बाध्य पारेँ ।’ खुमलटारको आभास समूहबाट २०६५ मा उनी ‘क्लिन’ अर्थात् दुव्र्यसनमुक्त भए ।
त्यसपछि उनले त्यही संस्थामा एक वर्ष स्वयंसेवक भएर काम गरे । अहिले आभासकै कार्यक्रम संयोजक छन् । जिन्दगीलाई पछाडि फर्केर हेर्दा उनलाई आफ्नो जीवनको महŒवपूर्ण समय खेर गयो जस्तो लाग्छ । तर, पनि अहिले समाजका लागि केही गर्न सकिएकोमा सन्तुष्ट भएको उनी सुनाउँछन् । ‘अहिले मलाई परिवार, समाजले राम्रो व्यक्तिका रूपमा बुझेको ठानेको छु,’ उनी भन्छन्, ‘लाग्छ, म जति खुशी त यो संसारमा अरू को होला ?’ परिवार खुशी नहुने त कुरै छैन । अहिले ३४ वर्ष पुगेका उनी अर्को वर्ष विवाह गर्ने योजनामा छन् ।


पुनःस्थापन केन्द्रमै जागिरे
सानै छँदा पाटनका राजु महर्जनकी आमा बितिन् । परिवारबाट वास्ता नभएको महसुस गरेपछि १४ वर्षकै उमेरमा उनी दुव्र्यसनमा फसे । पढाइ चार कक्षाभन्दा माथि पुगेन । उनी २७ वर्षको हुँदासम्म दुव्र्यसनको डरलाग्दो शृंखला चल्यो । लागुपदार्थले जीर्ण बनिसकेको शरीरलाई सुधारगृहसम्म पु¥याउन सके । तीन महिना सेन्टर बस्दा फेरि दुव्र्यसनतिरै फर्किए । फेरि पुगे नयाँ सेन्टरमा । सेन्टर जाने, भाग्ने, फेरि दुव्र्यसन सुरु गर्ने । यो शृंखला लामै चल्यो । उनी युथ भिजन केन्द्रप्रति आभारी छन् । ‘कारण, केन्द्रले व्यस्त रहने वातावरण दिलायो । जीवन बुझ्ने मौका पनि,’ उनी भन्छन्, ‘म बिस्तारै परिवर्तन हुन थालेँ । कामको महŒव बुझेर क्षमता सदुपयोग गर्नतिर सोचेँ ।’ त्यसपछि उनले संस्थामै कर्मचारीका रूपमा नौ वर्ष काम गरे ।


त्यहाँको प्रोजेक्ट सकिएपछि पाँच वर्षदेखि उनी आभास समूहमा जागिरे छन् । उनको जिम्मेवारी हो, दुव्र्यसनीलाई सुधारमा प्रेरित गर्ने र सही विकल्प सुझाउने । ‘अहिले खुशी छु । बाउ पनि भएँ,’ उनी भन्छन्, ‘काममा सन्तुष्ट छु । पहिले रुष्ट भएका छिमेकीसँग सम्बन्ध सुध्रिएको छ । मप्रति सबै सकारात्मक छन् जस्तो लाग्छ । आफू भलो त जगतै भलो भन्ने पाठ सिकियो ।’


यसरी पुनःस्थापना केन्द्रबाट दुव्र्यसनमुक्त भएर पुनःस्थापना केन्द्रमै जागिर गर्ने धेरै भेटिन्छन् । धेरै मेहनतपछि दुव्र्यसनमुक्त भएकाहरू फेरि दुव्र्यसनमा नफर्किऊन् र सहज तरिकाले जीवन चलाऊन् भनेर पुनःस्थापना केन्द्रले नै जागिरमा लगाउने गरेका छन् । केही पुनःस्थापित तन्नेरीहरू मिलेर आफैँ पनि सेन्टर खोल्ने गरेका छन् ।  
सर्लाहीका पुष्प बस्नेत (नाम परिर्वतन) स्कुलमा पढ्दापढ्दै दुव्र्यसनमा लागे । उनको १० वर्ष दुव्र्यसनमै बित्यो । काठमाडौँ, दक्षिणकालीमा रहेको ब्राइट फ्युचर पुनःस्थापना केन्द्रमा छ महिना र आभास समूहमा दुई वर्षसम्म ‘डे केयर’ (दिउँसो मात्र पुनःस्थापना केन्द्र जाने) बसे । अहिले उनी ‘क्लिन’ छन् र त्यहीँ जागिर पनि गरिरहेका छन् । आफूमा सुधार आए पछि गाउँघरमा आफूलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएकोमा उनी खुशी छन् । ‘जग्गा बेचेर भए पनि डोज पूरा गरेँ,’ उनी सम्झन्छन्, ‘गाउँमा छि¥यो कि सबैले जग्गा बेच्ने हो भनेर सोध्थे । टोलछिमेकमा जे अपराध हुँदा पनि मैमाथि शंका गर्थे । अहिले म सामान्य अवस्थामा फर्केपछि हेर्ने नजर नै फेरिएको छ । सबै मप्रति पोजिटिभ भइसके ।’


आफ्नै व्यवसाय खोल्नेहरू
अरू भन्दा ‘एक्स्ट्रा’ देखिने लालसाले ललितपुर, सातदोबाटोका सुरज थापा विद्यालय पढ्दैदेखि दुव्र्यसनमा फसेका हुन् । ‘अरूभन्दा एक्स्ट्रा देखिन खोज्दा कुलतमा फसियो,’ उनी विगतदेखि दुःखी छन्, ‘त्यो बेलामा म्युजिक धेरै सुन्ने । विदेशी गायकहरूको डाइहार्ड  फ्यान ! उनीहरूजस्तै बन्न खोजेँ । उनीहरूले नशा लिन्छन् भन्ने भ्रमले मलाई पनि नशामा धकेल्यो ।’


दुव्र्यसन गलत हो भन्ने थाहा नपाउँदै उनी कडा लागुऔषधको दुव्र्यसनी भए । उनले पनि चुरोटबाटै यसमा प्रवेश गरेका हुन् । लामो समय ब्राउनसुगर लिए । यो झन्डै १० वर्ष चल्यो । यसले उनको पढाइ, नाता–सम्बन्ध सबै तोडिदियो । ‘नशा आमाबुबाभन्दा माथि लाग्थ्यो,’ उनी भन्छन्, ‘अरूलाई बालै दिइएन । साथीभाइ, गर्लफ्रेन्ड सबैसँग ब्रेकअप भयो ।’ विवाह पनि भयो । उनलाई ‘अब परिवारको लागि भए पनि छोड्नुपर्छ’ भन्ने लाग्न थाल्यो । उनी  बूढानीलकण्ठमा रहेको चेतना पुनःस्थापना केन्द्रमा गए । त्यहाँ १० दिन जति मात्रै टिके । फेरि लिन थाले । सेन्टर आउनेजाने क्रम धेरै चल्यो ।


सुधारिएका साथीभाइलाई देखे । आफूसँग तुलना गर्न थाले । त्यसपछि मात्र उनलाई लाग्न थाल्यो– लागुऔषधको जालबाट उम्कनैपर्छ । उनी २८ वर्षको छँदा ‘क्लिन’ भए । त्यहाँबाट निस्केपछि उनले आफ्नै व्यवसाय गर्न थाले । ‘अहिले परिवारलाई राम्रोसँग पाल्न सक्ने भएको छु,’ उनले खुशी व्यक्त गरे ।  


ललितपुरका  नरेश कार्की (नाम परिर्वतन) को जीवनमा ९ कक्षा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्यो । ललितपुरको महेश्वर माविमा पढ्ने उनी पहिलो पटक स्कुल ‘बंक’ गरेर घुम्न निस्किए । अनि सुरु भयो, दुव्र्यसन । ‘त्यो स्कुल बंक गर्नुभन्दा अघिसम्म म आमाबाबुले चाहेको जस्तो एउटा राम्रो छोरा थिएँ,’ उनी भन्छन्, ‘साथीको तालमा लागेर बंक गरेर चुरोट तान्न थालेँ ।’ ब्राउनसुगरको लत लाग्यो उनलाई । २०६१ जेठमा उनलाई प्रहरीले समात्यो र तीन दिन थुन्यो पनि । सुई हान्दाहान्दा उनी हिँड्नै नसक्ने भए । खुट्टा खोच्चाएर हिँड्थे ।  त्यसपछि परिवारले उनलाई सुधार केन्द्रमा पठायो । उनलाई  परिवारप्रति नै रिस उठ्योे । ‘४५ दिनपछि मेरो आमाबुबा जब मलाई पहिलो दिन भेट्न आउनुभयो । उहाँहरूको अनुहारमा विगत आठनौ वर्षमा नदेखेको मुस्कान देखेँ,’ उनले अनुभव सुनाए, ‘मैले उहाँहरू आएपछि धम्काएर सेन्टरबाट निस्कन्छु भन्ने सोचेको थिएँ । तर, सोच बदलियो । त्यो मुस्कानले मलाई सधँैका लागि दुव्र्यसनबाट टाढिन प्रेरित ग¥यो ।’


२०६२ मा उनी ललितपुर, इमाडोलस्थित माया नेपाल पुनःस्थापना केन्द्रमा गए । त्यो बेला उनी २४ वर्षका थिए । तीन महिना त्यहाँ बसेपछि अर्को तीन महिना आरम्भ नेपाल संस्थामा स्वयंसेवकका रूपमा काम गरे । त्यसपछि त्यही संस्थामा साढे दुई वर्ष कर्मचारी भएर काम गरे ।


उनी आफैँले लागुऔषधको दुव्र्यसनी भएकालाई पुनःस्थापना गर्ने संस्था क्लियर भिजन खोले । त्यो चार वर्षसम्म चलाए । त्यसपछि त्यो संस्था साथीहरूलाई हस्तान्तरण गरे । अहिले ३४ वर्षका उनले डोज लिन छोडेको १० वर्ष भयो । आफ्नै व्यापार गर्छन् । ‘आमाबुबाले चलाएको अटोमोबाइल वर्कसपमा सहयोग गरेर बसिरहेको छु । व्यवसाय राम्रै भएको छ । परिवार पाल्न पुगेकै छ,’ उनी भन्छन्, ‘फेरि नयाँ जीवन बाँच्न पाएको छु । खुशी नहुने कुरै भएन ।’
 

 

 

 

 

 

Leave A Comment