तेह्रथुम जिल्लामा चेसुङ र डिसेन्ट ब्रान्डका वाइन उत्पादन गर्दै आएको तीनजुरे वाइन इन्ड्रस्ट्रिज प्रालिका प्रबन्ध सञ्चालक प्रकाश श्रेष्ठ अहिले वाइनको उत्पादन, व्यवस्थापन र बजार प्रवद्र्धनमा व्यस्त छन् । सानो छँदा नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य राखेका श्रेष्ठ अहिले नासपाती, अंगुरलगायत फलफूल, हर्बल हनी र यार्सागुम्बा सम्मिश्रण गरेर वाइन उत्पादन गर्छन् । बलभद्र सेक्युरिटी सर्भिसका प्रमुखसमेत रहेका श्रेष्ठसँग शुक्रवारको लागि दिलीप पौडेलले गरेको कुराकानीः
सानो छँदा के बन्ने लक्ष्य थियो ?
नेपाली सेनामा भर्ती हुन चाहन्थेँ । प्रतिस्पर्धामा भाग लिए पनि छनोटमा पर्न सकिनँ ।
यसअघि कुन पेशामा आबद्ध हुनुहुन्थ्यो ?
बीबीएस अध्ययन गरेपछि केही समय व्यापार गरेँ । सात वर्ष विदेश बसेर फर्केपछि स्वदेशमा केही गर्नुपर्छ भनेर वाइन उद्योग सुरु गरेँ ।
विदेशमा केकाम गरियो ?
सेक्युरिटी गार्ड सुपरभाइजर । त्यो सीपलाई प्रयोग गर्दै यहाँ पनि सेक्युरिटी सर्भिस कम्पनी सञ्चालनमा ल्यााएको छु । त्यसमा ५९ जना युवाले रोजगारी पाएका छन् ।
वाइन उद्योग स्थापना गर्ने सोच चाहिँ कसरी आयो ?
विदेश हुँदाताका स्वदेशमा केही गर्नुपर्छ भन्ने लागेको थियो । साथीहरूले प्रयोगमा नआएका फलफूल, वनका जडीबुटीलाई प्रयोग गरी वाइन उत्पादन गर्ने योजना बनाए । हामीलाई पनि आम्दानी होस्, समुदायमा सदुपयोग हुन नसेका सामग्रीको प्रयोग र रोजगारी सिर्जना गर्ने ध्येयका साथ सहकार्य सुरु ग¥यौँ ।
यहाँको उद्योगमा कति प्रकारका वाइन उत्पादन हुन्छ ?
चेसुङ र डिसेन्ट ब्रान्डमा चार थरी छन् ।
कुनकुन स्वादमा छन् ?
स्विट, ड्राइसहित चार फ्लेवरमा छ । अंगुरको रेड वाइन, हर्बल हनी वाइन, पु्रmट (फलफूल) वाइन, यार्सा वाइन रहेका छन् । नासपति, हिमाली क्षेत्रका जडीबुटी, शुद्ध मह, यार्सागुम्बा प्रयोग गरिएको छ ।
यार्सागुम्बा वाइन पनि उत्पादन हुन्छ ?
हो मानव स्वास्थ्यलाई मजबुत बनाउने शक्तिवद्र्धक यार्सागुम्बा मिसाएर यार्सागुम्बा वाइन बनाएका छौँ । यसको विदेशी बजारमा राम्रो माग छ । सायद संसारमै पहिलो हुनुपर्छ । एक पिस यार्सा बोटलमै राख्छौँ ।
बजार कस्तो छ ?
नेपाली समाजमा वाइन कल्चरको विकास भइरहेको छ । रेड स्विट वाइन मुटुका रोगीका लागि राम्रो मानिने भएकाले सबैले रुचाएका छन् । वाइन उद्योग खोल्ने क्रम जारी रहेकोले प्रतिस्पर्धा बढेको छ । माग पनि बढ्दै छ ।
उद्योगमा कति लगानी छ ?
करिब पाँच करोड रुपैयाँ ।
उत्पादन कति हुन्छ ?
वार्षिक दुई लाख बोटल ।
विदेश निर्यात गर्ने तयारी ?
दुई वर्षदेखि हङकङ निर्यात गर्दै आएका छौँ । चीन र मलेसियामा पनि पठाउने तयारी भइरहेको छ ।
तपाईंको लक्षित वर्ग कुन हो ?
विशेष गरी महिलाहरूले नै प्रयोग गर्छन् । अहिले हरेक पार्टीमा महिलाहरूले वाइन प्रयोग गर्न थालेका छन् । विशुद्ध जडीबुटीमा सुगर फ्री पनि रहेकोले डाइबेटिजका बिरामीले पनि प्रयोग गर्छन् ।
मदिराप्रति नेपाली समाजको दृष्टिकोण ?
वाइन त अहिले सोसियल डिं«क भइसकेको छ । अहिले पार्टीमा महिलाहरूको लागि अनिवार्य वाइन राख्न थालिएको छ । समाजमा वाइन कल्चरको विकास हुँदै गएको छ । वाइनले स्वास्थ्यलाई पनि धेरै फाइदा दिने भएकाले शहरी क्षेत्रमा आकर्षण बढ्दो छ ।
सरकारसँग अपेक्षा ?
गाउँमा सदुपयोग नभएका सामग्री प्रयोगमा ल्याएका छौँ । स्थानीयलाई रोजगारी दिएका छौँ । करमा छुट दिए हामीजस्ता साना उद्योगीलाई राहत हुन्थ्यो ।
अन्य क्षेत्रमा पनि लगानी गर्नुभएको छ कि ?
सिने क्षेत्रमा हल्का लगानी गरेको छु । साथीहरूसँग मिलेर ‘हँसिया’ फिल्म बनायौँ । नेपालमा भन्दा हङकङ र युकेमा चल्यो ।
फिल्म बनाउँदा कति खर्च हुँदो रैछ ?
करिब एक करोड ।
नाफा भयो ?
भएन । घाटा भयो ।
नयाँ काम गर्न चाहनेलाई सुझाव ?
प्लेटफर्म आफैँ बनाउनुपर्छ । आफ्नोलाई अरूले गरिदिने होइन आफँै रोजगारी सिर्जन गर्ने हो ।
तपाईंको बुझाइमा जीवन के हो ?
घामछायाँ हो । आजको भोलि के हुन्छ थाहा छैन ।
यहाँको रुचि ?
भ्रमण हो । बुलेट राइड गर्नु मन पर्छ । केही समयअघि बुलेटमै रारा पुगेर आएँ ।
Leave A Comment