सौगात–सृष्टि ‘अफेयर’

शुक्रबार, १४ असोज २०७३, ०९ : ५० शुक्रवार , Kathmandu
सौगात–सृष्टि ‘अफेयर’

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच अफेयर चलिरहेको हल्लाले यतिबेला फिल्मवृत्त तातेको छ । पोखरामा एक फिल्मको सुटिङ सेटमै सौगातलाई भेट्न सृष्टि पुगेको खबरसमेत बाहिरिएको थियो । आइतवार फिल्म ‘झुम्की’ हेर्न उनीहरू राजधानीको कुमारी हलमा सँगै भेटिएपछि अफेयर चर्चा झन् चुलिएको छ । फिल्म ‘गाजलु’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री हुन्, सृष्टि । केही महिनाअघि फिल्मको रिलिजताका सृष्टिले मिडियासामु आफूलाई सौगात मन पर्ने र उनीसँग डेट जाने इच्छा जाहेर गरेकी थिइन् । त्यसो भनेको केही समयपछि नै उनीहरू नजिकिएको सौगात र सृष्टिनिकट बताउँछन् । निगम श्रेष्ठले निर्देशन गर्न लागेको फिल्म ‘लालपुर्जा’मा उनीहरू सँगै देखिनेसमेत बुझिएको छ ।

Leave A Comment