नयाँका लागि तयार नम्रता

शनिबार, १५ असोज २०७३, ०९ : १५ शुक्रवार , Kathmandu
नयाँका लागि तयार नम्रता

फिल्म ‘क्लासिक’मा दृष्टिविहीन युवतीको भूमिका निर्वाह गरेकी अभिनेत्री नम्रता श्रेष्ठ यो वर्ष लगभग सबैजसो अवार्डमा उत्कृष्ट अभिनेत्री ठहरिन् । यही फिल्मबाट उनले राष्ट्रिय चलचित्र पुरस्कार पनि पाइन् । संख्याका हिसाबले नम्रताका फिल्म निकै कम छन् । उनी छानेर मात्र फिल्म खेल्न रुचाउँछिन् । यो वर्ष उनी अभिनीत कुनै पनि फिल्म रिलिजमा छैनन् । तर, अर्को वर्षका लागि उनी नयाँ फिल्म खेल्न तयार भइसकेको खबर प्राप्त भएको छ । नम्रताले आफूले नयाँ फिल्म साइन गरिसकेको बताएकी छिन् । तर, फिल्मबारे उनले थप केही बोलिनन् । अर्को साता फिल्मको औपचारिक घोषणा हुने तयारी भइरहेको उनले बताइन् ।

Leave A Comment