मेवाका फाइदा

शनिबार, १५ असोज २०७३, ०९ : १९ शुक्रवार , Kathmandu
मेवाका फाइदा

पाचन प्रणाली बलियो बनाउँछ
मेवामा फाइबर र पाचन सहज बनाउने रसायन प्रचुर मात्रामा हुन्छ । जसले समग्र पाचन प्रणालीलाई बलियो बनाउँछ ।
कोलेस्ट्रोल घटाउँछ
मेवा खानाले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा घट्छ । यसले मुटु र रक्तनलीलाई बिग्रिनबाट जोगाउँछ ।
रोग प्रतिरोधी क्षमता बढाउँछ
मेवा भिटामिन ‘सी’ र ‘ए’को उत्तम स्रोत हो । यी दुई भिटामिनले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । रुगाखोकी लागिरहने समस्या भएकाहरूले मेवा खानु लाभदायक हुन्छ ।
जलन हटाउँछ
मांसपेशीको समस्या वा बाथका कारण शरीर कटकटी दुख्ने, पोल्ने समस्या छ भने मेवा खानाले सञ्चो हुन्छ ।
आँखा बिग्रिन दिँदैन
मेवामा बिटा क्यारोटिन र भिटामिन ‘ए’ पाइन्छ, जसले बालबालिकालाई रतन्धो लाग्नबाट जोगाउँछ । साथै, वयस्कहरूको आँखालाई तेजिलो बनाइराख्न र भएको दृष्टिदोष कम गर्न पनि मेवो सघाउँछ ।
छाला चम्किलो बनाउँछ
पाकेको मेवा खानाले छालाका मृत कोषिका नयाँ कोषिकाद्वारा चाँडै प्रतिस्थापित हुन्छन् । जसले गर्दा छाला चम्किलो र राम्रो देखिन्छ ।
वजन घटाउँछ
मेवामा क्यालोरी कम र फाइबर बढी हुन्छ । यसले पेट सफा राखी वजन कम गर्न मद्दत गर्छ ।
डायबेटिजमा लाभ गर्छ
पाकेको मेवा गुलियो भए पनि यसमा चिनीको मात्रा कम हुन्छ । त्यही भएर डायबेटिज लागेकाले समेत मेवा खान सक्छन् । मेवा खानाले रगतमा चिनीको मात्रा त्यति बढ्दैन ।
हड्डी बलियो बनाउँछ
मेवामा क्याल्सियम र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।
पीडा कम गर्छ
मेवामा पेपिन नामक तŒव पाइन्छ । यसले महिनावारीमा हुने पीडालाई कम गर्न सहयोग गर्छ ।
छाला छिट्टै चाउरिन दिँदैन
मेवामा भिटामिन ‘सी’, भिटामिन ‘ई’ र बिटा–क्यारोटिनजस्ता तŒव पाइन्छन । जसले छालालाई छिट्टै छाउरिनबाट जोगाउँछ ।
क्यान्सरबाट जोगाउँछ
मेवामा एन्टिअक्सिडेन्ट, फाइटोन्युट्रियन्ट्स र फ्लाभोनोइड्सजस्ता तŒव प्रचुर मात्रामा पाइन्छन । यस्ता तŒवमा शरीरलाई क्यान्सरबाट जोगाउने क्षमता हुन्छ ।
तनाव कम गर्छ
काम वा कुनै अन्य समस्याले तनाव महसुस भएको छ भने एक प्लेट पाकेको मेवा खानाले राहत मिल्छ । मेवामा पाइने भिटामिन ‘सी’ले तनाव कम गर्न मद्दत गर्छ ।

मेवाका दाना पनि उपयोगी
पाकेको मेवा खाएर भित्रका काला दाना फाल्ने हाम्रो बानी छ । तर, आजैदेखि यो बानी सुधारे राम्रो । किनकि, मेवाजस्तै यसका दाना पनि स्वास्थ्यका लागि लाभकारी छन् ।
–मेवाको दानामा फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छन । त्यही भएर मेवाको दाना पनि खाने गर्नुपर्छ ।
–आन्द्रामा लागेका प्यारासाइटलाई मार्ने क्षमता पनि मेवाको दानामा हुन्छ । मेवाको दाना र महसँगै खाने गरेमा आन्द्रामा लागेका प्यारासाइट दिशामार्फत बाहिर निस्किन्छ । ३० वटा मानिसमा परीक्षण गर्दा २३ जनाको आन्द्राबाट मेवाको दाना खाँदा प्यारासाइट बाहिर निस्किएको थियो ।
–मेवामा क्यान्सरबाट जोगाउने गुण पनि हुन्छ । यसका लागि मेवा दानाको फाँको मुखमा हालेर सीधे खाने । यदि यसको स्वाद राम्रो लाग्दैन भने यसलाई सलादमा छर्किएर पनि खान सकिन्छ ।

 

Leave A Comment