नग्नताका पक्षमा कल्कि

मङ्गलबार, १३ भदौ २०७४, १२ : ३१ शुक्रवार , Kathmandu
नग्नताका पक्षमा कल्कि

बलिउडकी प्रतिभाशाली अभिनेत्री कल्की कोचलिनले इन्स्टाग्राममा पोस्टेको नग्न तस्बिर यतिबेला भाइरल बनेको छ । ‘आधा छायाँ आधा प्रकाशको बीचमा’ क्याप्सन लेख्दै कल्किले केही दिनअघि आफ्नो श्यामश्वेत नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्टेकी थिइन् । फोटो क्याप्सनसँगै कल्कीले अन्तिममा लभ योर न्याकेडनेस ह्यासट्याग यतिबेला बहसमा आएको छ । कल्किले मानिसहरु आफ्नो शरीरसँग सहज हुनुपर्ने मुद्दा स्थापित गर्न यो तस्बिर पोस्टेकी हुन् । त्यसो त उनको यस कार्यको चर्को आलोचना हुनुपर्नेमा उल्टै प्रशंसा मात्र होइन, कतिपय आलोचकले समेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । उनका प्रशंसकहरु त रमाउने नै भए किनभने उनलाई बोनसका रुपमा नग्न हेर्न पाएका जो छन् !
पछिल्लो समय बलिउड सेलिब्रिटीहरू ‘बडी सेमिङ’प्रति एकताबद्ध हुन थालेका छन् । कतिपयले कल्किलाई यो तस्बिर कलात्मक भएको लेखेका छन् । केही समयअघि उत्तेजक फोटो पोस्टेकी अर्की अभिनेत्री इशा गुप्तालाई भने ‘मेम’ र ‘ट्रोल’ गर्नेहरुले खेद्नुसम्म खेदेका थिए । लामो समयदेखि महिलाका मुद्दाहरुमा गतिला काम गर्दै आइरहेकी कल्किको फोटोले महिलाका पक्षमा बोलेको धेरैको तर्क छ । कलात्मक तस्बिरसँगै सन्देश वजनदार रहेको धेरैले टिप्पणी गरेका छन् ।

Leave A Comment