फन्दामा किम

मङ्गलबार, २४ साउन २०७४, ०१ : ०० शुक्रवार , Kathmandu
फन्दामा किम

बमसेल मोडेल तथा अभिनेत्री किम कार्दिसन फन्दामा परेकी छन् । किमले पछिल्लो समय प्रयोगमा ल्याउँदै आएको लुमी नामको स्मार्टफोन केस अर्को कम्पनीबाट चोरिएको फेला पारेपछि उनलाई १०० मिलियन डलरको मुद्दा लगाइएको छ । किमको कम्पनी किम्साप्रिन्सेस आइएनसीलाई प्याटेन्ट चोरीको आरोपमा यस्तो मुद्दा लगाइएको हो । गत सोमबार उनलाई पहिलो पटक सेल्फी केस निर्माणकर्ता स्न्याप लाइट कम्पनीले मुद्दा हालेको हो । स्न्याप लाइटले आफ्नो प्रोडक्ट किमले चोरेको पाएपछि उनका विरुद्ध यस्तो मुद्दा हाल्न बाध्य भएको बताएको छ । किमले आफ्नो कम्पनीको केसको फाइदा लुट्न लागेको थाहा पाएपछि स्न्याप लाइट रुष्ट भएको हो । २०१३ मै होश्मद हारुनीले प्याटेन्ट दर्ता गरेको उक्त सेल्फी केस किमले अचेल प्रचारप्रसारमा ल्याइरहेकी छन् ।

Leave A Comment