‘शिवाय’को प्रमोसनमा काजोल

शनिबार, १५ असोज २०७३, ०९ : ३८ शुक्रवार , Kathmandu
‘शिवाय’को प्रमोसनमा काजोल

बलिउड अभिनेता अजय देवगनले केही वर्षयता निरन्तर हिट फिल्म दिइरहेका छन् । ‘सिंघम’, ‘सिंघम–२’, ‘सन अफ सरदार’, ‘बोल बच्चन’जस्ता फिल्मले बक्स अफिसमा धमाका मच्चाउन र सञ्चारमाध्यममा पर्याप्त चर्चा बटुल्न सफल भएका थिए । ‘रेनकोट’, ‘गंगाजल’जस्ता उम्दा फिल्ममा काम गरेका अजयले केही समययता यस्ता फिल्म दिन छोडेका छन् ।
रिलिज हुन लागेको आफ्नो फिल्म ‘शिवाय’ले फिल्म समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाउला भन्ने आशा उनले गरेका छन् ।
फिल्मको प्रचारप्रसारमा श्रीमान्लाई सघाउन काजोल पनि मैदानमा उत्रिएकी छिन् । फिल्मको प्रचारका लागि उनी अजयसँग अमेरिकी शहर न्युयोर्क, शिकागो, डलास र सान फ्रान्सिस्को पुगिसकेकी छिन् ।

 

Leave A Comment