संस्कारी प्रियंका

शुक्रबार, २३ साउन २०७७, ०१ : १७ शुक्रवार
संस्कारी प्रियंका

छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने उखान नायिका प्रियंका कार्कीलाई भने पूराका पूरा मिल्न गएको छ। बिहेअघि कहिले अर्धनग्न कपडा त कहिले त्यो बेलामा हुन बाँकी श्रीमान्सँगको अन्तरंग फोटोले माहोल गरम गराउने प्रियंकामा बिहेपछि व्यापक परिवर्तन आएको छ।

हिन्दी सिरियलमा जस्तै संस्कारी बुहारीको पहिरनमा चुलाचौका गरेका भिडियो र सासु–नन्दसँग गसिप गरिरहेजस्ता देखिने फोटोले उनको सामाजिक सञ्जाल भरिन थालेको छ। 

केही समयअघि मात्रै इन्स्टाग्राममा दस लाख फ्यान फलोइङ बनाएकी उनले अब भने आफूलाई हटभन्दा क्युटमा रुपान्तरण गर्न लागेको प्रतिक्रिया उनका फ्यानले दिएका छन्।

हुन पनि पहिले हट र सेक्सी जस्ता प्रतिक्रियाले भरिने इन्स्टाका फोटोमा अहिले ब्युटीफूल, क्युट, नेपाली नारीजस्ता प्रतिक्रिया दिने गरेका छन्। त्यस्तै केहीले प्रियंका गर्भवती भएको समेत आँकलन गरेका छन् त केहीले बिहेपछि उनमा सुधार आएको धारणा राखेका छन्। जे होस्, बिहेपछि प्रियंका संस्कारी बनेकी छन्, यही पाराले अगाडि बढे घर गरी खाने बुहारी बन्ने पक्का छ !

 

Leave A Comment