एकादेशमा आस्था

शुक्रबार, २३ साउन २०७७, ०१ : ३४ शुक्रवार
एकादेशमा आस्था

कोरोना महामारीका कारण भएको बन्दाबन्दी अहिले खुलेको छ। बन्दाबन्दी खुले पनि सरकारले भिडभाड तथा सभा–समारोहमा रोक लगाएको छ। त्यसैले भिडभाड हुने मेला–महोत्सव अझै बन्द छ।

यस्तै स्टेज कार्यक्रममा व्यस्त हुने गायिका आस्था राउत थन्किनुपरेको छ। यही झोँकमा उनले ‘वन्स अपन अ टाइम’ भन्दै पुराना फोटोहरु सामाजिक सञ्जालमा वर्षाइरहेकी छन्। 

हालै उनले विदेश भ्रमणको फोटो पोस्ट गरेकी छन्, जहाँ उनलाई लामो कपालका साथ देख्न सकिन्छ। भूकम्प जाँदाताका भूकम्पपीडितको सहयोगार्थ विदेशमा आयोजना गरिएको कार्यक्रममा जाँदा खिचिएको उक्त फोटोलाई उनका फ्यानले मन पराइरहेका छन्। कतिले भने, निकै मिहिनेत गरेर, खोतलखातल पारेरै तस्बिर सार्वजनिक गर्नुपरेको भन्दै ग्यालरी खोतल्दा बेहोरेको दुःखप्रति सहानुभूति पनि जनाइरहेका छन्।

विचरी आस्था, कार्यक्रमको सिलसिलामा कता कता मात्रै पुगिनन् ! फेरि उनी जता गयो फण्डा पनि त्यतै पुग्थ्यो। अहिले कार्यक्रम पनि छैन, कुनै फण्डा पनि छैन अनि एकादेशको दिनलाई नसम्झेर के गरुन् त बरा !

 

Leave A Comment