पलको म्युजिक भिडियो प्रेम

शनिबार, १७ साउन २०७७, १२ : ३६ शुक्रवार
पलको म्युजिक भिडियो प्रेम

सबैलाई थाहा छ, नायक पल शाह म्युजिक भिडियोबाटै फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। उनको अन्तर्वार्ताहरुमा पनि म्युजिक भिडियोको बखान निकै सुन्न पाइन्छ। 

अहिले लकडाउनको समयमा त झनै उनले हैरान बनाएका छन्। म्युजिक भिडियोको हरेक ट्रेन्डिङ नम्बरको स्क्रिन सट लिँदै सामाजिक सञ्जालमा पोस्ट्याइरहेका छन्।

उनको यो हर्कतले थाहा हुन्छ– उनले धरातल बिर्सेका छैनन्। यसको प्रशंसा उनका फ्यानहरुले पनि गरिरहेका छन्। सानो म्युजिक भिडियोमा समेत यत्ति धेरै लगाव देखाउनेले अरु काममा झनै कति मिहिनेत गर्ला भनेर लेखाजोखा पनि गरिरहेका छन्।

यी सबै नियालिरहेका फिल्म क्षेत्रका मानिसहरु भने पलले अति गरेको प्रतिक्रिया दिइरहेका छन्। उनको म्युजिक भिडियो मोह देखेर फिल्म वृत्तका मानिसले पलले फिल्मको प्रमोसनमा यत्ति समय कहिल्यै नदिएको आरोपसमेत लगाएका छन्। 
जे होस्, पल पक्का म्युजिक भिडियोप्रेमी हुन् भन्ने कुरा भने उनले प्रमाणित गरी छाडे।

 

Leave A Comment