४३ वर्षसम्म ह्विलचेयरमा

आइतबार, १६ असोज २०७३, ०९ : १० शुक्रवार , Kathmandu
४३ वर्षसम्म ह्विलचेयरमा

पोर्चुगलका  रुफिनो बोरोगो नाम गरेका व्यक्ति ४३ वर्षसम्म ह्विलचेयरमा बसे । तर, उनले यसरी बस्नुपर्ने कारणै थिएन । विना कुनै कारण यति लामो समयसम्म ह्विलचेयरमा जीवन बिताउने व्यक्तिका रूपमा उनको चर्चा बेलाबेलामा चल्ने गर्छ ।
१३ वर्षको छँदा रुफिनोको खुट्टाका मांसपेशी दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनलाई ‘मस्कुलर डिस्ट्रफी’ नामक रोग लागेको र यसको उपचार सम्भव नभएको भन्दै फर्काइदियो । साथै, बाँकी जीवन उनले ह्विलचेयरमा बसेर बिताउनुको विकल्प नरहेको सुझावसमेत दियो ।
उनी ४३ वर्षसम्म ह्विलचेयरमै सीमित भए । तर, ४३ वर्षपछि सन् २०१० मा डाक्टरहरूले उनलाई मस्कुलर डिस्ट्रफी नभई मियासथिनिया नामक रोग लागेको र यो रोगको उपचार सम्भव भएको बताए । त्यसपछि थेरापी सुरु गरेका उनी एक वर्षपछि नै सामान्य हिँडडुल गर्न सक्षम भए । अहिले उनी ठमठमी हिँड्छन् ।

 

Leave A Comment