बन्दाबन्दीले दिक्क लाग्यो? चिच्याहट आइसल्यान्ड पठाइदिनुस्

शुक्रबार, १६ साउन २०७७, ११ : ३५ शुक्रवार
बन्दाबन्दीले दिक्क लाग्यो? चिच्याहट आइसल्यान्ड पठाइदिनुस्

कोरोना भाइरसकाकारण बन्दाबन्दी यसरी लम्बियो कि यस्तो दिन कसैले पनिकल्पना गरेको थिएन। संसारका सबैजसो देश यसबाट प्रभावित बने र सबैभन्दाबढी प्रभावितचाहिँ पर्यटकबाटआम्दानी उठाइरहेका देशहरु परे। 

यस्तो मारमा परेको देश हो, आइसल्यान्ड। हरेक वर्ष आइसल्यान्डको जनसंख्याभन्दा दोब्बर पर्यटकहरु त्यहाँ पुग्ने गरेका थिए र त्यसैको आम्दानीले देश चलिरहेको थियो। अहिले भने यहाँका अधिकांश जनता पूरै बेरोजगार भएका छन्। पर्यटक कुरिरहेका छन्।

यस्तोमा पर्यटक बोलाउने एउटा नयाँ जुक्ति फुराएका छन्। यतिबेला अन्तर्राष्ट्रियस्तरमा उनीहरुले यस्तो विज्ञापन बजाइरहेका छन्, जसले उनीहरुले कारोनाकाकारण लागेको अल्छी भगाइदिने प्रण गरिएको छ। 

उनीहरुको विज्ञापनले भन्छ, ‘बन्दाबन्दीले दिक्कलाग्यो? चिच्याहट आइसल्यान्ड पठाइदिनुस्।’ चिच्याहट पठाउनकालागि उनीहरुले आइसल्यान्डका विभिन्न पर्यटकीय क्षेत्रहरुको ठेगाना दिएका छन्।

तनाव, अवसाद र दिक्कलाग्दाको अवस्थामा उपयोग गरिने ‘चिच्याहटको थेरापी’आफूहरुले दिने भन्दै विज्ञापनमा आइसल्यानन्डका विभिन्न पहाडी क्षेत्रमा यसको उम्दा उपचार गरिने पनि जनाइएको छ।

त्यहाँ पुग्न नसक्ने अवस्थामा भने यतिबेला एउटा नयाँ वेबसाइट बनाएर आइसल्यान्डले त्यहाँ चिच्याउने अवसर दिएको छ अर्थात् चिच्याएको अडियो वेबसाइटमार्फत पठाउन आग्रह गरेको छ।

सन् १९७० को दशकमा लोकप्रिय बनाइएको स्क्रिम थेरापीले तनाव र अवसादलाई व्यवस्थाप नगर्ने विश्वास गरिन्छ। साइकोथेरापिस्टजोइ एस्टन भन्छिन्, ‘बन्दाबन्दीकाकारण मानिसमा तनाव निकै बढेको छ। यस किसिमका कार्यक्रमले मानिसलाई भुल्याउने र एक्लोपन, डर, रिस र अवसादका भावनाबाट निस्कन मद्दत गर्न सक्छ।’

आइसल्यान्डमा अहिलेसम्म कोरोनाका १९ सयभन्दाबढी संक्रमण देखापरेका छन् भने यसका कारण १० जनाको मृत्यु भएको जनाइएको छ।

 

Leave A Comment