बाल्यकाल सम्झिइन् केटले

आइतबार, १६ असोज २०७३, ०९ : २८ शुक्रवार , Kathmandu
बाल्यकाल सम्झिइन् केटले

ओस्कर अवार्ड विजेता हलिउड अभिनेत्री केट विन्स्लेटले सानो छँदा आफूलाई थसुल्लो पल्टिएकी मोटी भन्दै धेरैले जिस्क्याउने गरेको बताएकी छिन् । तर, यस्ता टिप्पणीबाट इख लिएको र फलस्वरूप आफू अभिनय क्षेत्रमा सफल भएको उनले बताइन् । ‘ अभिनय क्षेत्रमा सफल भएर त्यस्तो भनेर जिस्क्याउनेहरूसँग मैले बदला दिएँ,’ केटले भनिन् ।
खास गरी, स्कुलमा आफूलाई साथीसंगीले जिस्क्याउने गरेको उनले बताइन् । ‘विशेष गरी, स्कुलका केटी साथीले मलाई जिस्क्याउँथे । उनीहरू मेरो आह्रिस पनि गर्ने गर्थे, किनकि किशोरावस्थादेखि नै मैले अभिनय गर्न सुरु गरिसकेकी थिएँ,’ एउटा अन्तर्वार्तामा केटले भनिन् ।

 

Leave A Comment