अजिंगरसँग सेल्फी

आइतबार, १६ असोज २०७३, ०९ : ४० शुक्रवार , Kathmandu
अजिंगरसँग सेल्फी

भारतीय राज्य राजस्थानको माउन्ट अबु क्षेत्रमा अजिंगरसँग सेल्फी लिन खोज्नु एक युवकका लागि महँगो साबित भएको छ । त्यहाँको एउटा होटलमा ११ फिट लामो अजिंगर देखापरेपछि  होटलका कर्मचारीले वन विभागलाई खबर गरेका थिए । वन विभागका अधिकारीले स्थानीय युवाहरूको सहयोगमा अजिंगरलाई तीन घण्टा लामो प्रयासपछि समातेका थिए ।
नियन्त्रणमा आएको अजिंगरलाई चारजना मानिसले समातेर ल्याउँदै गर्दा घटनास्थलमा रहेका एकजना युवक अजिंगरसँग सेल्फी लिन तम्सिए । अलिक परबाट लिएको सेल्फी मन नपरेपछि नियन्त्रणमा रहेको सर्पको मुखछेउ गएर उनले सेल्फी थिए । त्यत्तिकैमा सर्पले सेल्फी लिनेको कठालो अँठ्याउने गरी मुख बाएर टोक्यो । धन्न, अन्य चारजनाले अजिंगरलाई ताने र कुनै अप्रिय घटना हुन पाएन । अजिंगरसँग सेल्फी लिन खोज्ने युवक त्यसरी अजिंगरको रिसको झोकमा परेको भिडियो अहिले युट्युबमा खूब हेरिँदैछ ।

 

Leave A Comment