तरकारी बजारमा क्रिस्टिना

बुधबार, १९ असोज २०७३, १० : ४६ शुक्रवार , Kathmandu
तरकारी बजारमा क्रिस्टिना

गायिका क्रिस्टिना मिलिआन गत साता अमेरिकी शहर लस एन्जलसको एउटा तरकारी बजारमा देखापरिन् । छ वर्षीया छोरी भोइलेट र बहिनी एलिजाबेथसँग उनी तरकारी बजार पुगेकी हुन् ।
गायन र योसँग सम्बन्धित काममै सधँै व्यस्त रहेको भन्दै छोरीले गुनासो गर्न थालेपछि क्रिस्टिानाले छोरीका लागि भनेर सिंगै दिन छुट्याएकी थिइन् । यस क्रममा लस एन्जलसका विभिन्न ठाउँ घुमेपछि रेस्टुरेन्ट गएर खानपान गरेका उनीहरूले अन्त्यमा तरकारी बजारमा गएर किनमेल गरेका थिए ।
‘सेतो वानपिस लगाएर आएकी क्रिस्टिनाले छोरीलाई तरकारी बजारमा पाइने पेय खुवाएकी थिइन् । केही बेर बजारमा बिताएर उनीहरू फर्किएका थिए,’ समाचारमा भनिएको छ ।

Leave A Comment