बिहेका लागि लडाइँ

बिहिबार, २० असोज २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
बिहेका लागि लडाइँ

जनावरहरूमा पोथीलाई आफ्नो बनाउन भालेहरूबीच भीषण लडाइँ हुने गरेको सुन्ने गरिन्छ । तर, मानव समुदायमा पनि स्त्रीलाई आफ्नो बनाउन पुरुषहरूले एकअर्काको रगत बगाउनुपर्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । इथियोपियाको एउटा आदिवासी समुदायमा साँच्चिकै यस्तो प्रथा अझैसम्म कायम छ ।
दक्षिणी इथियोपियाको सुरी समुदायमा बेहुलीलाई आफ्नो बनाउन युवाहरूले एकअर्कासँग लड्नुपर्छ । लड्नुअघि उनीहरूलाई लट्ठी दिइन्छ । एकअर्कामाथि लट्ठी हानाहान गर्दा जो विजयी हुन्छ, बेहुलीलाई उसैले पत्नी बनाएर लैजान पाउँछ । यसरी लड्दा पुरुषको कम्मरमाथिको भाग नांगो हुनुपर्छ, जसकारण शरीरमा लट्ठीको मार नराम्रोसँग पर्छ । यस्तो लडाइँमा पुरुषहरू नराम्रोसँग घाइते हुने भएकाले सन् १९९४ मा त्यहाँको सरकारले बिहेको यस्तो संस्कारमाथि प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्ध लागे पनि यस्तो चलन अझैसम्म चलिरहेको समाचारमा जनाइएको छ ।

Leave A Comment