जन्मियो ‘वृद्ध बालक’

बिहिबार, २० असोज २०७३, ०१ : ४० शुक्रवार , Kathmandu
जन्मियो ‘वृद्ध बालक’

बंगलादेशमा वृद्ध बालकको जन्म भएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार दिएका छन् । समाचारमा जनाइएअनुसार बंगलादेशको मुगरा क्षेत्रमा यस्तो बालकको जन्म भएको हो ।
गत साता जन्मिएको बालक वृद्धजस्तो छ । उसको अनुहारमा चाउरी छ, आँखा गाडिएका छन् भने कपाल लामो छ ।
‘झट्ट हेर्दा बालक बुढ्यौलीका कारण शरीर खिएर सानो भएको कुनै वृद्धजस्तो देखिन्छ । अनौठो बच्चा जन्मिएपछि हेर्न आउनेको भीड लागेको छ,’ समाचारमा भनिएको छ ।
डाक्टरहरूका अनुसार पेटमै प्रोजेरिया नामक रोग लागेका कारण बच्चा यस्तो भएको हो । ‘यस्तो रोग लाग्ने मानिस सानैमा वृद्धजस्तो देखिन्छ । करोडौँ मानिसमध्ये यस्तो रोग केहीमा देखा पर्ने गर्छ,’ बंगलादेशका एकजना डाक्टरले भने ।

Leave A Comment