बाघको बिहे

शुक्रबार, २१ असोज २०७३, १० : १० शुक्रवार , Kathmandu
बाघको बिहे

बंगलादेशमा बाघको एउटा जोडीको धुमधामसँग बिहे भएको छ ।  चिडियाखानामा पालिएका दुई बाघको यसरी बिहे गरिएको हो ।
बिहेमा चार सय मानिस जन्ती बनेर आएका थिए । उनीहरूका लागि चिडियाखानाले भोजनको प्रबन्ध पनि गरेको थियो ।
बेहुलाबेहुलीका लागि नौ केजी वजन भएको केक विशेष रूपमा तयार पारिएको थियो । केक मासुबाट बनेको थियो । बंगलादेशको चटगाउँ जिल्लामा रहेको चिडियाखानाले यस्तो अनौठो बिहे आयोजना गरेको हो ।
चटगाउँ जिल्लाका सरकारी प्रशासकले भने, ‘बढीभन्दा बढी मानिस चिडियाखानामा आऊन् भनेर यस्तो प्रचारात्मक कार्यक्रम गरिएको हो । बिहे गरिदिएपछि बाघ र बघिनीलाई एकै ठाउँमा राख्नुपर्छ । यसो गर्दा जनावरको प्रजनन क्षमता पनि बढ्छ भन्ने आशा गरेका छौँ ।

Leave A Comment