सीमा यस्तो पनि !

आइतबार, ३० असोज २०७३, ०९ : ३७ शुक्रवार , Kathmandu
सीमा यस्तो पनि !

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा सदैव तनाव हुने गर्छ । अहिले तनाव उत्कर्षमा पुगेर युद्ध भड्किनसक्ने जोखिम उत्पन्न भएको छ । यस्तो तनावको कारण हो– सीमा विवाद । यस्तोमा नेदरल्यान्ड्स र बेल्जियमबीचको सीमा कसरी सदैव शान्त रहन्छ भन्ने प्रसंग धेरैका लागि अनौठो हुनसक्छ ।
यी दुई राष्ट्रबीचको सीमा शान्त त छ नै, साथै पैदल हिँड्ने मानिसलाई म कुन देशमा छु भन्ने पत्तै नहुने खालको पनि छ । किनकि, दुई देशबीचको सीमामा कहीँ काँडेतार अथवा जंगे पिलर छैन । बीचमा ‘क्रस’ चिन्ह भएको लामो आकाशे रङको धर्कोले दुई देशबीचको सीमा छुट्याएको छ ।
‘यो सीमा घर, सुपरमार्केट, रेस्टुरेन्टको बीच हुँदै गुज्रिने गरेको छ । कतिपय होटल, पसल, घर र सुपरमार्केट दुवै देशमा फैलिएका छन् । यस्ता सुपरमार्केटमा एउटा समान किनेर अर्को सामान भए ठाउँमा जाँदा अर्कै देश पुग्ने कुरा सामान्य भइसकेको छ,’ समाचारमा भनिएको छ ।  

Leave A Comment