चोरको चर्तिकला

सोमबार, ०१ कार्तिक २०७३, १० : १५ शुक्रवार , Kathmandu
चोरको चर्तिकला

अमेरिकी राज्य टेनेसीको साउथ मेम्फिस क्षेत्रनिवासी जेमी बर्नेस बजार गरेर गत साता घर फर्केपछि छक्क परिन् । उनको घरभित्र पसेर चोरले लुटपाट मच्चाएको रहेछ । उनी चकित त त्यसबखत परिन् जब उनले दुईजना चोर घरको सोफामा पल्टिएर मस्तसँग सेक्स गरिरहेको देखिन् । दुई चोरमध्ये एक पुरुष र एक महिला थिए ।
‘चोरेर कुलेलम ठोक्नुको सट्टा मेरो सोफामा पल्टिएर सेक्स पो गरिरहेका रहेछन् । घरभित्र पसेर ढोकाछेउमा राखेको कुच्चोले केटा चाहिँको ढाडमा बेस्कन हाने । कुटाइ खाएपछि दुवैजना ढोकाबाट भागे,’ उनले भनिन् ।
उनले गरेको उजुरीका अधारमा प्रहरीले दुवैजनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट बर्नेसको घरबाट चोरिएका गरगहना, जुत्ता, कपडालगायत सरसामग्री पनि प्रहरीले बरामत गरेको छ ।

 

Leave A Comment