भेडेटारमा चंगा चेट

बिहिबार, ०४ कार्तिक २०७३, १० : ४५ शुक्रवार , Kathmandu
भेडेटारमा चंगा चेट

दशैँको अवसरमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा चंगा चेट कार्यक्रम सम्पन्न भयो । कार्यक्रम धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकार प्रेमप्रकाश उप्रेती, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरे र भेडेटार पर्यटन सद्भावना दूत मिस पूर्वाञ्चल कृतिका गिरीले चंगा उडाएर उद्घाटन गरेका थिए ।
पूर्वमा पहिलोपटक भेडेटार होटल एसोसिएसनले सुरु गरेको चंगा चेटको यसपटक असोज २१ र २२ गते दोस्रो संस्करण सम्पन्न भएको हो । भेडेटारमा पर्यटकको आकर्षण बढाउने उद्देश्यले चंगा चेट आयोजना गरिएको बताइएको छ । कार्यक्रममा सहभागीबीच चंगा उडाउने प्रतिस्पर्धासँगै गायन, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति समेटिएको थियो ।

 

Leave A Comment