बच्चा जन्माउने फार्म

बिहिबार, ०४ कार्तिक २०७३, ०१ : २२ शुक्रवार , Kathmandu
बच्चा जन्माउने फार्म

जनावरको फार्मबारे सुन्दै आएका हामीलाई मानिसको पनि फार्म हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ । अस्पताल तथा अनाथालयमा यस्ता फार्म सञ्चालन गर्ने गरिन्छ । फार्ममा बालिका, किशोरी तथा युवतीलाई राखिन्छ र उनीहरूलाई बच्चा जन्माउन लगाइन्छ । बालिका र किशोरीलाई ललाइफकाई र यसरी नमानेमा जबर्जस्तीसमेत राख्ने गरिन्छ ।
जन्मिएका बच्चालाई बिक्री गरेर मुनाफा आर्जन गर्ने हेतुले यस्तो फार्म खोलिएको हो । नाइजेरिया र अन्य मुलुकका सन्तानविहीन मानिसले फार्ममा आएर बच्चा रोजेर खरिद गर्छन्, धर्मसन्तानका रूपमा पाल्न ।
यस्तो फार्ममा बच्चा जन्माउने काम १४ वर्षदेखि १७ वर्षसम्मका बालिका तथा किशोरीले गर्ने गर्छन् । कतिपय अवस्थामा उनीहरूलाई जबर्जस्ती गर्भवती बनाइन्छ । ‘गर्भवती भइसकेपछि उनीहरूले चाहेर पनि गर्भपतन गराउन सक्दैनन् । नाइजेरियाको कानुनमा यो उमेरसमूहका किशोरी तथा बालिकाले गर्भपतन गराउन पाउँदैनन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment