फेसन, गायन र नृत्य

शुक्रबार, ०५ कार्तिक २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
फेसन, गायन र नृत्य

धरानमा विभिन्न जातजातिका पहिरन र गहनाको फेसन सोसँगै नृत्य र गायन कार्यक्रम सम्पन्न भएको छ ।
बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले २२ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा फेसन सोसँगै गायक अल्मोडा उप्रेतीले आफ्नो चर्चित गीत ‘पानी प¥यो असिना झ¥यो’ गाउँदा धरानका दर्शक नाच्न मञ्चमा चढे । अल्मोडा गाउँदै गए, धराने दर्शक नाच्दै गए ।
कार्यक्रममा हास्यकलाकार विल्सनविक्रम राईले ‘सेन्तेरेम’ गाउँदा पनि दर्शक उत्तिकै नाचेका थिए । कार्यक्रममा पुराना गायक गंगा वरदान, बराहकै अध्यक्ष तथा गायक शिव लामिछाने लगायतले गीत गाए । विभिन्न जातिका पहिरन र गहनाको फेसन सोसमेत आयोजना गरिएको कार्यक्रममा कलाकारहरूले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाएका थिए । बराहले वार्षिकोत्सवका अवसरमा धरानका चार स्थानमा एकैपटक रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।

Leave A Comment