करिश्मा भइन् ‘नेक्स्ट सुपर मोडल’

शनिबार, ०६ कार्तिक २०७३, ११ : ३७ शुक्रवार , Kathmandu
करिश्मा भइन् ‘नेक्स्ट सुपर मोडल’

‘नेपाल्स नेक्स्ट सुपर मोडल—२०१६’ को उपाधि बागलुङकी १८ वर्षीया करिश्मा केसीले जितेकी  छिन् । काठमाडौँस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ३९ प्रतियोगीमध्ये उत्कृष्ट भएर उनले उपाधिसहित २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । आर एन्ड आर गु्रपद्वारा आयोजित प्रतियोगितामा लुना शर्मा र सीमा श्रेष्ठ क्रमशः फस्ट र सेकेन्ड रनअप भएका थिए । नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले तयार पारेका पहिरनमा सजिएर प्रतियोगीहरू मञ्चमा उत्रिएका थिए ।

Leave A Comment