बिमलालाई ताज

बिहिबार, १६ असोज २०७६, ०२ : २७ शुक्रवार
बिमलालाई ताज

तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन्। सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार भएको ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिस्पर्धीलाई पछि पार्दै शेरचनले ताज पहिरिएकी हुन्। उनले उपाधिसँगै उनले विदेश भ्रमणको अवसर र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् भने फस्ट रनरअप बनेकी सबिना पुनः पुरस्कृत बनिन्।

प्रतियोगिताबाट लक्ष्मी गुरुङ सेकेन्ड रनर अप को हकदार बनिन्। त्यस्तै भ्युअर्स च्वाइसको उपाधि सन्तोषी कुँवरले जितिन्। प्रतियोगितामा पम्फा गुरुङ, कौशल्या गुरुङ, निलिमा हिराचन, प्रतिमा गुरुङ, बिश्व ज्योति गुरुङ र आशिष पुरीले निर्णायक भूमिका निर्वाह गरेको सेप अप जुम्बाका प्रबन्धक निर्देशक रितु थापामगरले बताइन्।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए। सो अवसरमा बोल्दै सौन्दर्य प्रतियोगिताले महिला जागरणमा भूमिका खेल्ने बताए। उनले सो प्रकारको प्रतियोगिता निरन्तर हुन आवश्यक रहेको बताउँदै महिला सशक्तीकरणका लागि महत्वपूर्ण हुनेसमेत बताएका थिए।

Leave A Comment