फुटबल मैदानमा सुँगुर

आइतबार, ०७ कार्तिक २०७३, १० : १३ शुक्रवार , Kathmandu
फुटबल मैदानमा सुँगुर

सुँगुरका कारण बेलायतमा एउटा फुटबल खेल नै प्रभावित भएको छ । चाल्र्टन र कोभेन्ट्रीबीचको खेल दुवै क्लबका समर्थकले मैदानमा फालेको प्लास्टिकका सुँगुरका कारण प्रभावित भएको हो । खेल सुरु हुनुअघि दुवै क्लबका समर्थकले आआफ्ना टिमका मालिकको विरोधमा मैदानमा प्लास्टिकका सुँगुर फालेका हुन् । यसले गर्दा पाँच मिनेट ढिलो गरी खेल सुरु भएको थियो । समर्थकले मैदानमा फालेका प्लास्टिकका सबै सुँगुर हटाएर मैदान सफा गरेपछि खेल सुरु भएको थियो । बेलायतको लिग वान प्रतियोगिताअन्तर्गत भएको खेलमा चाल्र्टन ३–० ले विजयी भयो । कोभेन्ट्री सिटीमा लन्डनका केही व्यक्ति संलग्न रहेको समूह सिसुको लगानी छ । चाल्र्टन क्लबमा भने बेल्जियमका व्यवसायी रोलान्ड डोचटेलेटको लगानी छ । दुवै क्लबमा मालिकको व्यवहार राम्रो नभएको भन्दै समर्थकले उनीहरूको विरोध गरेका हुन् ।

 

Leave A Comment